ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बजार भाउ नै विगार्ने गरी जर्ती नकाट्ने भन्दै सस्तोमा सुनका गहना बेच्ने रिद्विसिद्विकाे अभियानले सम्पुर्ण सुनचाँदी ब्यबसायी संकटमा


बजार भाउ नै विगार्ने गरी जर्ती नकाट्ने भन्दै सस्तोमा सुनका गहना बेच्ने रिद्विसिद्विकाे अभियानले सम्पुर्ण सुनचाँदी ब्यबसायी संकटमा
ADVERTISEMENT
ADVERTISEMENT

नन्दलाल खरेल / काठमाडौं । सनुचाँदी क्षेत्र मुलुकको संस्कृती र मौलिकताको जीवन्त धरोहर हो । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । सुनचाँदीको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका अभिवृद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो । सुनचाँदी सुखको गहना र दुखको खजनाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी क्षेत्र मुलुकको समष्टिगत आर्थिक समृद्धिमा महत्वपूर्ण रहदै आएको छ । तर यो क्षेत्र अहिले कानूनको अपर्याप्तता  कारण एउटै व्यक्तिले राज्यको आडमा सम्पूर्ण सुन व्यवसायीलाई कुनै न कुनै रुपमा अफ्ठ्यारो पार्ने अवस्था देखिन आएको छ । यद्यपि सुनचाँदी व्यवसायलाई एउटै डालोमा हिडाउन दुई दुइवटा महासंघ समेत छन् । एउटा उखान छ कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाए पछि अशुभ हुन्छ । महासंघले व्यवसायीलाई ठिक ढंगले हिडाउनु पर्नेमा एक व्यवासयीले दुई दुई महासंघलाई (नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ) उसका नीति नियमलाई धोती लगाई दिएको छ । प्रसङ्ग हो रिद्धिसिद्धि जर्तीको विवाद । सुनको गहनाको खरिद विक्री हुँदा ग्राहकसँग कुनै पनि जर्ती वापतको शुल्क नलिने राजधानीको श्री रिद्धिसिद्धि ज्वेलर्सले निणर्य गरेपछि अन्य व्यवसायीहरु तरङ्गित बनेका छन् ।

बजार भाउ नै विगार्ने गरी जर्ती नकाट्ने भन्दै सस्तोमा सुनका गहना बेच्ने अभियानलाई रिद्धिसिद्धि नामका सञ्चालक नरेन्द्र गुप्ताले नेतृत्व गरेका छन् । हिजोका दिनमा उनैले १० देखि १५ प्रतिशत सम्म जर्ती लिई सामान बेच्ने गरेका थिए । त्यतिमात्र होइन उनले ज्याला पनि छुट्टै लिन्थे । आज किन उनले ज्याला ७ प्रतिशत मात्र लिने र जर्ती नलाग्ने भनि व्यापक विज्ञापन गरी उपभोक्तालाई ठूलो संख्यामा/परिणाममा सामान बेचिरहेका छन् । यसमा प्रशस्त शंका गर्ने ठाउँ छ । कतै उनले भारतबाट तस्करी गरेर ल्याएको सुन अवैध रुपमा खरिद गरेर बनाइएका गहनामा जर्ती नकाट्ने भन्दै बजारमा आफ्नो एकाधिकार गर्न खोजेका त होइनन् ? रिद्धिसिद्धिले गहना विक्री गर्ने सुन कहाँबाट आयात गरेको छ ? रिद्धिसिद्धिले बैंकबाट गहना बनाउने सुन खरिद गरेको छ कि तस्करीको दुई नम्बरी सुन खरिद गरेर गहना विक्री गर्दै आएको छ ? ग्राहकको भीड हेर्दा उसलाई बैंकले दिएको कोटा प्रणालीको सुनले एक छेउ पनि पुग्ने स्थिति देखिदैन । कतै यो कार्यमा उच्च तहका नेता माफिया तथा तस्करहरु पनि हुन सक्ने प्रशस्त शंका छ । उसले आफ्नो लेखा प्रणाली कसरी मिलाएको छ । लेखा प्रणालीमा जहिले पनि खरिद विक्री र स्टक मिल्नु पर्छ ।

के हो जर्ती, के हो ज्याला ?
सुनचाँदीका गरगहना बनाउदा क्षय हुने चिज नै जर्ती हो । जर्ती धेरै बुट्टा अथवा डिजाइनमा गहना बनाइन्छ त्यति नै बढी जर्ती लाग्ने गर्छ । अर्थात सुनको कच्चा पदार्थ क्षय हुन्छ बीना जर्ती कुनै कुनै पनि व्यवसायीले सुनचाँदीको गहना विक्री गर्न सक्दैन । ज्याला भनेको सनुचाँदीको गहना बनाउदा लाग्ने श्रम हो । जति धेरै डिजाइनमा गहना बनाईन्छ त्यति नै बढी श्रम लाग्छ । श्रम अनुसार, डिजाइन अनुसार कालीगढले आफ्नो श्रमको मूल्य लिने गर्छन् । जर्ती नलिई कसैले आफ्नो सामान बेच्छु भन्नु त्यो महामुर्ख कुरा हो । यो सम्भव छैन । कि त उसले जर्तीको मूल्य ज्यालामा जोड्नु पर्छ । कि त कमजोर गुणस्तरको सामान ग्रहकलाई भिडाउनु पर्छ । जर्तीलाई यसरी पनि परिभाषित गर्न सकिन्छ । जर्ती भनेका कुनै सामानको स्वरुप विगारी अर्को स्वरुप बनाउँदा खिइने र नष्ट हुने पदार्थलाई जर्ती भनिन्छ । जस्तै गाडी चलाउदा पेट्रोल, डिजवल नष्ट हुन्छ र टायर अरु पार्ट पुर्जाहरु खिइने हुन्छ । फलामबाट बनेका औजाहरु मेसिन कुटो, कोदालो समेत खिइएर जान्छ । यसरी खिइएर खेर गएको सामानलाई कतैबाट पूर्ति गर्न सकिदैन यसैलो जर्ति भन्ने गरिन्छ । सुनलाई गाल्दा, पाता बनाउँदा, तार बनाउँदा, स-साना टुक्रा टुक्रा पार्दा, बुट्टा काट्दा, गहना सफा गर्दा, कटिङ गर्दा, पालिस गर्दा बफ गर्दा, सुनलाई रेट्दा जर्ति जाने हुन्छ । यसको परिपूर्ति गर्न सकिदैन ।

गहनामा जर्ती नलिने घोषणका कारण नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले केहि महिना अघि रिद्धि सिद्धिको सदस्यता खारेज गरेको थियो । त्यतिमत्र होइन गत असार २ गते नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले एक संयुक्त विज्ञप्ती जारी गर्‍यो । उक्त विज्ञप्तिमा सनुको जर्ती नलिने घोषणा गर्ने श्री रिद्धिसिद्धि ज्वेलर्ससँग नै सम्बन्धित थियो । विज्ञप्तिमा गहना व्यवसायीलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढविच द्वन्द सिर्जना गर्ने कार्य भएको भन्दै महासंघहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । हो, कुनैपनि व्यापारीले ग्राहक तान्न, बजार मूल्य आफुखुसी गर्न सक्छ । तर अन्तराष्ट्रिय रुपमै तोकिएको बस्तुको मूल्यमा बजरा भाउनै विगार्ने गरी आपूmखुसी गर्न पाइदैन । राज्यले ल्याएको नयाँ बजेटमा ५ प्रतिशत सुनमा भन्सार वृद्धि गरेपछि यो समस्या देखा परेको हो । यस १५ प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा आर्थिक वर्ष ०८१/८२ देखि ५ प्रतिशत थप गरी सुनको भन्सार दर २० प्रतिशत कायम गरिएको छ । यसो हुँदा विगतका दिनमा विदेशबाट सुन नेपालमा भित्रिएर भारतमा तस्करी हुन्थ्यो भने अहिले भारतबाट नेपालमा सनु तस्करी हुन थालेको छ । त्यसको कारण भारतीय बजारमा नेपालमा भन्दा सुनको मूल्य कम छ ।

को हुन् नरेन्द्र कुमार गुप्ता ?
नरेन्द्र कुमार गुप्ता रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक हुन् । यो नेपालकै पहिलो आइएसओ प्रमाणित सुन व्यवसायी हो । जसले रसायन रहित तथा १०० प्रतिशत वाई ब्याक ग्यारेन्टीको गहना उत्पादन गर्दै आएको छ । तीन पुस्तादेखि सुनचाादीको कारोवार गरिरहेको छ । रिद्धिसिद्धि ज्वेलर्सले । गुप्ताका परिवारले श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा.लि., श्री सिद्धिसिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्ष ज्वेलर्स प्रा.लि. विशालबजार र चुच्चेपाटीमा सञ्चालन गर्दै आएको छ । यति राम्रो छवि बनाइसकेको व्यवसायीक फर्मका सञ्चालकले अहिले अहिले जुन अस्वस्थ प्रतिस्पर्धा गरिरहेका त्यो पक्कै राम्रो होइन । उनले सही ढंगले नै महासंघको नीति नियमलाई अनुशरण गर्दै व्यवसायबाट नाफा आर्जन गर्न सक्छन् ।

ADVERTISEMENT

के भन्छन् नरेन्द कुमार गुप्ता ?
अहिले नरेन्द्र कुमार गुप्ता एकातिर र अन्य व्यवसायी तथा संघ सङ्गठनहरु अर्कातिर छन् । दुवैले आ-आफ्नै ढंगले वक्तव्यबाजी गरिरहेका छन् । गुप्ताले संघका पदाधिकारीहरुले दोहोरो विलाविजक तयार पार्ने, फर्जी पसल देखाई कारोवार सुन लिने तथा उपत्यका बाहिरका पसलका नाममा सुन लिने, भारतमा मा सुन तस्करी गर्ने लगायतका आरोप लगाउदै आएका छन् । उनको आरोपमा पनि केहि आंशिक सत्यता त होला तर बजार विगार्ने खालको अस्वथ्य प्रतिस्पर्धा र आफ्नै छाता संगठनको विरुद्ध जानु कदापी राम्रो होइन ।

निष्कर्ष ः मजदुरको पारिश्रमिक, निर्माण क्षति जर्ती ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन् । जस अनुसार नेपाल राष्ट्र बैंकको सुन आयात तथा विक्री वितरण कार्य विधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती वापत १० प्रतिशत थप शोधभर्ना दिने नियम रहेको उल्लेख छ । यस्तै टक्सार विभागमा सिक्का टकसरी गर्दा पनि ७.२ प्रतिशत जर्तीको व्यवस्था उल्लेख छ । यी व्यवस्थाहरुलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गर गहना विक्री गर्ने भन्नु सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट रहेको देखिन्छ । अझ यतिबेला ७ प्रतिशत भन्दा कमका विज्ञापनहरु पनि बजारमा देखि थालेका छन् । यस्ता अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि सुनचाँदी व्यवसायीको तथा उपभोक्ताको हित गर्दैन । सरकारले पनि यसमा सहजिकरण गर्नु पर्ने देखिन्छ । यद्यपि सरकारले अहिलेसम्म सुनचाँदी बजारलाई व्यवस्थित गर्न ऐन, नियम तथा निर्देशिका जारी गर्न सकेको छैन । सुनचाँदी व्यवसाय महासंघहरुले पटक पटक वार्ता गरिसकेको अवस्था छ । महासंघले सरकारबाट आश्वासन बाहेक अरु केही पाउन सकेको छैन ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host