सन्ताेष प्रसाद तिवारी।
४ पुस, काठमाडौं । विं.स.२०८१ वैशाख २१/२२ गते भएको नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनकाे निर्वाचन पटक – पटक बाँमे सर्दासर्दै मिति २०८१ मंसिर २८ गते सम्पन्न भयाे। सदस्यता विवाद ,फेलर नेतृत्व ,स्वतन्त्र पत्रकारहरुकाे माेर्चाकाे आवाजलाई दबाई , श्रमजीवी पत्रकारहरुकाे हकहित र अधिकारलाई ज्युँकाेत्युँ राखि पार्टीगत तालमेलकाे गुटबन्दी सहितकाे माेर्चाकाे अगुवाइ र नागरिक समाजकाे अगुवाइमा निर्वाचन गरियाे। तर यसमा सबै पत्रकार खुसि नै रहे, किनभने निर्वाचन हुने भयाे र निर्वाचनमा सबैकाे उत्साहजनक सहभागी हुने देखियाे,यसमा पनि श्रमजिवि पत्रकारबाहेक, गैर पत्रकारलाई डर थियोे कि आफ्नो अस्तित्व समाप्त हुँदैछ भन्ने। खैर यसमा पनि केहि आपत्ति रहेन। तर विडम्बना के भने, पार्टीको मान्छे जितेर गएकाे पत्रकारकाे महा- संगठनमा (नेपम) सुद्धिकरण खाेजेर,पत्रकारको निश्चित मापदण्ड खाेजेर पाईएला याे त कल्पना पनि गर्न सकिन्न,टीका लगाई आशिर्वाद थापेकाे नेतृत्वले जन्माएको महासंघ कस्तो हाेला ? सबैले विचार गर्न पर्ने कुरा हाे, न याे निष्पक्ष र स्वतन्त्र हुन सक्छ न त स्वराेजगार सञ्चारकर्मी र श्रमजीवी पत्रकारहरुकाे वकालत गर्ने महासंघ नै बन्न सक्छ ।अरुलाई आफ्नो स्वविवेक प्रयाेग गर भनी सहि नेतृत्व चयन गर्न आह्वान गर्ने पत्रकार भन्नेहरु आज आफ्नै स्वविवेक गुमाएर अतालिएर बसेका छन्।
हामी स्वराेजगार सञ्चारकर्मी एवम् पत्रकार भविष्यमा यही क्षेत्रमा रहलाऔं वा नरहलाऔं बरु एउटा शक्तिशाली माेर्चा बनाऔं, कमसेकम भावि श्रमजीवी र स्वराेजगारहरुले वास्तविक पत्रकारहरुकाे साझा छाता संगठन निर्माण गर्ने आधार त सिर्जना हुन्छ। एक दिन सत्यकाे जित हुनेछ, वास्तविक पत्रकारहरुले पनि बुझ्ने छन् पत्रकारको साझा छाता संगठन सबैको साझा हुने छ र शक्तिशाली पनि। देसकाे चाैंठाे अंग,तेस्रो आँखा ,नागरिक अगुवाहरुकाे ज्ञान,बुद्धि,विवेककाे पैरवी संस्थालाई संख्याले महासंघ बन्दैन,आत्मसुद्धि र स्वच्छताले नेपाल पत्रकार महासंघ बन्छ र बन्न सक्छ भन्ने मानसिकता तयार पार्न जरुरी देखियाे।
वि.स.२०१२ साल, चैत १६ गते गठन भएको नेपाल पत्रकार संघ नै दलिय संगठन बाट चल्दै आयाे,पछि वि.स.२०५३ साल, जेठ १९ गते महासंघ बनेसि त झन बहुदलीय संगठनकाे खुल्ला माेर्चा नै बन्यो, तर स्वतन्त्र पत्रकार महासंघ बन्न सकेन। अझ बढी विकृति त विं.स.२०६२/६३ काे जनआन्दोलनकाे क्रममा सबैको हक अधिकार स्थापित गराउने बहानामा खडा गरिएको माेर्चा, जात र धर्मका नाममा गठन जनवर्गीय संगठनले गरेको देखिन्छ ,यस्ता संगठनले पत्रकार संगठन भित्र मात्रै हाेईन हरेक क्षेत्र ,समुदाय,भुगाेलमा प्रभाव पारेकाे छ।
वास्तवमा सत्य कुरा याे हाे कि सत्ता र शक्तिकाे लाेभमा जनमत बटुल्न दलहरुले उठाएका यस्ता गैर जिम्मेवार मुद्दा,भड्किलो संगठन, मानव समुदाय बिचकाे बिभाजन,मानव वर्णकाे भाैगाेलिक बिभाजन जस्ता विवादास्पद राजनितीक सांगठनिक माेर्चाले संकट पैदा गरेकाे छ। यसकाे प्रमुख कारण दुर दर्शि नेतृत्व नहुनु र दलहरुले दिर्घकालिन अवस्थामा यसले निम्त्याउने अराजकता र समस्याकाे बारे साेच्न, अनुमान लगाउन नसक्नु नै हाे।याे नै दलहरूकाे असक्षमता,अयोग्यता र असफताकाे भुमिकाकाे नेतृत्व हाे। दलित र जनजाति,समावेशी ,महिला, मधेसी , पिछडिएका, अन्य अन्य काेटामा अवसर पाउनेहरुलाई खुल्लामा निषेध गर्नु पर्छ,किनभने अवसर पाउनेले दुवैतिर आफ्नो स्थान ओगट्न अघि सरेकाे देखिन्छ , यसले खुल्ला प्रतिस्पर्धीलाई समस्यामा पारिरहन्छ यसकाे विकल्पमा बहुसंख्यक र अल्पसंख्यककाे आधारमा काेटा प्रणाली राख्दा उपयुक्त हाेला। २०८० साल चैत १६ गते महासंघले ६९ औं स्थापना दिवस मनाएकाे थियाे।
७० औं स्थापना दिवस वि.स. २०८१ काे चैत १६ गते आउने समय छाेटिदैछ ,याे स्थापना दिवसको कार्यक्रमलाई २७ औं महाधिवेशन बाट तय भएको मंसिर २८ काे निर्वाचनमा निर्वाचित नेपालकाे ईतिहासमा प्रथम पटक महिला नेतृत्वले गर्ने नै छन्। देसैभर प्रायःजसाे महिला नेतृत्व नै हावि छन्। लाेकतान्त्रिक गणतन्त्र नेपालमा नेपाल पत्रकार महासंघमा महिला नेतृत्वले ७० वर्षपछिकाे पहिलाे ईतिहास रच्न सफल भएकोमा- पुरुष नेतृत्व र महिला नेतृत्वको भुमिकाकाे भिन्नता बारे आउँदो दिनहरु हेर्न भने बाँकी नै छ।