पुस १०, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । सभा आजै पुष १० गते बुधबार कोहलपुर, न.पा–४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन भने, सेयरधनीको हात खाली हुनेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । पुस १ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा सहितकाे सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ ।











