१३,माग काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्ने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १३ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्ने छ । उक्त समयमा हाल कायम संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।