सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ । एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । ‘कर्मा’लाई विपीनको यो पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।
सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
