ADVERTISEMENT
ADVERTISEMENT
१६ फागुन २०८१,जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ । १५ दिने परिक्रमामा बिहीबारदेखि हेल्पडेस्क सञ्चालन गरिएको हो । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ स्थानमा संचालन गर्ने क्लोथ बैंकको कार्यालय सचिव कृष्ण कुमार साहले बताए ।
बिहीबारको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झाको संयोजकत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको थियो । सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झाले मिथिला मध्यमा परिक्रमाको उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पारेका थिए । संस्थाद्वारा प्रत्येक वर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग, पानी, गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको संस्थाको प्रवक्ता संचारकर्मी प्रमोद कुमार साहले बताए ।













