८ चैत, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा हुने भएको छ। सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजेदेखि सुरु भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गरेकाे छ । कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुने भएको छ ।