ADVERTISEMENT
ADVERTISEMENT
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्यालले लिएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेकाे निर्णयबाट उनले जिम्मेवारी पाएका हुन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो ।
बैठकले अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज चैत २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन पनि दिएको छ ।













