३ वैशाख २०८१ काठमाडौं । अभियानको उनन्तीस औं दिन दोस्रो टोलीले २०८२ बैशाख १ गते सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका ग्वालटार–३ ग्वालटार बजारमा जनसम्बन्ध बिस्तार अभियान सफल पारौं भन्ने नारा सहित र्याली गरेको छ र्याली पश्चात् कोणसभा गरिएको थियो । कोण सभाको संचालन जिल्ला इन्चार्ज तथा सचीव भरत बुर्जा मगरले गर्नुभएको हो । सभालाई तामाङ मोर्चा का टेकबहादुर तामाङले देशको वर्तमान परिस्थितिका विषयमा प्रकाश पार्नु भएको थियो भनेअभियानका बारेमा पार्टीको धारणा किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले राख्र्नुभएको थियो ।त्यस्तै अर्को टालीले बागलुङको ताराखोला गाउँपलिका बाट रिजाल चोक हुँदै बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार जनताका विच भेटघाट छलफल गरेको छ। बागलुङबजारबाट टोली बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको राङ्खानी पनिमा जनतासँग पार्टीका गतिविधीका बारेमा सुसुचित गर्ने काम गरेको छ । अभियानका क्रममा टोलीले जनभेटघाट ,पर्चा वितरण गरेको छ ।
त्यसैगरी अभियान चौथो टोलीले कपिलवस्तु र रुपन्देही जिल्लामा ४ वटा कोण सभा सम्पन्न गरेको छ ।कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रशासन चोकमा कोण सभा सम्पन्न गरेकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवं अभियान टोली प्रमुख हेमन्त प्रकाश ओलीले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । त्यसैगरी पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदी,पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेल,बैकल्पिक केन्द्रीय सदस्य तथा अनेरास्ववियु ९क्रान्तिकारी० का केन्द्रीय कार्यालय सदस्य नवीन खडका,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रुपन्देही जिल्ला नेता मनिराम पौडेल,कपिलवस्तु जिल्ला सचिव हिमलाल वाग्लेले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगङ्गा न.पा ८ को बोड गाउँचोक,कपिलवस्तु जिल्लाको चार नम्बर चोक,रुपन्देहीको जिल्लाको कन्चन गा पाको गरगरे चोक लगायतका सभा गरेको सो पार्टीले जनाएको छ ।












