ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

छापा पत्रकारिता सम्भावना र रणनीति


छापा पत्रकारिता सम्भावना र रणनीति
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ  ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा संघर्षरत छ ।
२०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्र ल्यायो । यो ऐतिहासिक परिवर्तनसँगै सञ्चार क्षेत्रमा नयाँ आयाम सुरु भयो । शिक्षा, स्वास्थ्य, यातायात जस्तै सञ्चारमा पनि लगानीका ढोकाहरू खुले । यसले गर्दा पञ्चायत कालमा दबिइरहेको छापा पत्रकारिताले नयाँ जीवन पायो । छापा पत्रकारिताले प्रजातान्त्रिक चेतना फैलाउने र नागरिकलाई सशक्त बनाउने काममा ठूलो योगदान पुर्‍यायो ।
त्यसबेला सरकारी सञ्चार माध्यमहरू सरकारको भजन–कीर्तनमै व्यस्त भएकाले जनता विश्वास गर्न सक्ने विकल्पका रूपमा साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरू नै उभिएका थिए । ती पत्रपत्रिकाहरूको मुख्य मिसन प्रजातन्त्र प्राप्ति थियो ।
जनआन्दोलन सफल भएपछि पनि केही वर्षसम्म छापा पत्रकारिता उत्साहजनक रूपमा फस्टायो । नयाँ पुस्ताले पत्रकारितालाई एउटा मिशनको रूपमा लिइरहेका थिए । तर समयसँगै राजनीतिक अस्थिरता, आर्थिक संकट, प्रविधिको तीव्र विकास र पाठकको रुचिमा आएको परिवर्तनका कारण छापा पत्रकारिता अहिले गम्भीर चुनौतीको सामना गरिरहेको छ ।
नेपालमा छापा पत्रकारिताको उदय र विकास
नेपालमा छापा पत्रकारिताको इतिहास खासै पुरानो छैन । राणा शासनको कठोर नियन्त्रणमा सञ्चारमाध्यमको विकास रोकिएको थियो । २००७ सालको प्रजातन्त्र स्थापनापछि केही स्वतन्त्र पत्रपत्रिकाहरूको प्रकाशन सुरु भयो, तर वास्तविक विकास भने २०४६ सालपछिको प्रजातान्त्रिक परिवर्तनपछि मात्र देख्न पाइन्छ ।
राणा शासनकाल:
राणा शासनका बेला सञ्चारका साधनहरू प्रायः निषेधित थिए । केही विदेशी अखबार र दस्तावेजहरू सीमित व्यक्तिहरूसम्म मात्रै पुग्थे । नेपाली भाषामा प्रकाशित हुने पत्रपत्रिका अत्यन्तै थोरै थिए। पहिलो नेपाली पत्रिका ‘गोरखापत्र’ १९५८ साल वैशाख २४ गते सरकारी मुखपत्रका रूपमा प्रकाशनमा आएको थियो । यो सरकारले आफ्ना सन्देश सम्प्रेषण गर्ने माध्यमको रूपमा प्रयोग गर्थ्यो, स्वतन्त्र पत्रकारिताको रूप भने थिएन ।
पञ्चायत काल:
२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि सञ्चारमाध्यम पुनः सरकारले नियन्त्रणमा राख्यो । सञ्चारले राजतन्त्रको पक्षमा मात्र प्रचार गर्न पाउने अवस्था बनाइयो । तर, यसबीचमा पनि साप्ताहिक पत्रपत्रिकाहरूको भूमिगत वा अर्धस्वतन्त्र प्रयास चलिरह्यो । केही पत्रिकाहरूले सीमित शब्द र संकेतमार्फत शासनप्रति असन्तोष प्रकट गर्ने कोसिस गरे ।
२०४६ सालपछि:
जनआन्दोलनको सफलतापछि मुलुकमा प्रजातन्त्र स्थापना भयो । बहुदलीय व्यवस्थाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्‍यो । सञ्चारमा पनि स्वतन्त्रता आयो। त्यसपछि नेपाली पत्रकारिताको सुनौलो युग सुरु भयो । नयाँ साप्ताहिक र दैनिक पत्रिकाहरू क्रमशः बजारमा आउन थाले । ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोस्ट’, ‘नागरिक’, ‘नया पत्रिका’ जस्ता ठूला ब्रोडसिट पत्रिकाहरूले नेपाली मिडिया बजारमा नयाँ आयाम थपे । छापा पत्रकारिताले पाठकहरूमा ठूलो विश्वास जित्न सफल भयो । समाचारको विश्वसनीयता, विश्लेषणात्मक सामग्री र राष्ट्रिय हितको विषयमा सक्रिय भूमिका खेलेर छापा पत्रपत्रिकाले आफ्नो अस्तित्व बलियो बनाएको थियो । छापा पत्रकारिताको स्वर्णिम युग२०४७ सालदेखि २०५७ सालसम्मको दशकलाई नेपाली छापा पत्रकारिताको स्वर्णिम युग मानिन्छ । यो अवधिमा छापा पत्रपत्रिकाले अभूतपूर्व विकास र विस्तार हासिल गरे । राजनीतिक स्वतन्त्रतासँगै नागरिक समाजमा अभिव्यक्ति स्वतन्त्रताको आकांक्षा जाग्यो । शिक्षाको पहुँच बढेपछि जनताको चेतनास्तर पनि उक्लियो, जसले पत्रकारितालाई अझ मजबुत बनायो ।
सञ्चारमाध्यमहरू केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र रहेनन्, बरु जनताको भावना, आकांक्षा र असन्तोष अभिव्यक्त गर्ने प्लेटफर्म बने । यस अवधिमा ठूला दैनिक पत्रपत्रिकाहरू स्थापना भए, साप्ताहिक र मासिक पत्रिकाहरूले लोकप्रियता कमाए, र क्षेत्रीय पत्रिकाहरूले पनि आफ्नो अस्तित्व देखाउन थाले ।
कान्तिपुर र नयाँ सञ्चार क्रान्ति
२०४९ साल फागुन ९ गते सुरु भएको ‘कान्तिपुर’ राष्ट्रिय दैनिकले नेपाली पत्रकारिता क्षेत्रमा नयाँ युगको सुरुवात गर्‍यो । व्यावसायिक ढंगले सञ्चालित र नविनतम पत्रकारिता शैलीमा आएको कान्तिपुरले छिट्टै लोकप्रियता हासिल गर्‍यो । समाचारको प्रस्तुति, सम्पादन शैली, पाठकसँगको संवादशीलता र विज्ञापन व्यवस्थापनमा ल्याइएको नयाँपनले अन्य पत्र पत्रिकालाई पनि प्रभावित गर्‍यो । ‘कान्तिपुर’ मात्र होइन, त्यसपछि सुरु भएका ‘अन्नपूर्ण पोस्ट’, ‘हिमालय टाइम्स’, ‘नागरिक’ जस्ता पत्रपत्रिकाहरूले पनि आफ्नो आ–आफ्नो पहिचान बनाउन सफल भए।
व्यावसायिक पत्रकारिताको सुरुआत यस अवधिमा पत्रकारिता पेशागत रूपमा स्थापित हुन थाल्यो । पत्रकारिता अब केवल सेवामूलक काम मात्र रहेन; यो एक सम्मानजनक, आयमूलक र स्थायी करियरको रूपमा विकास हुन थाल्यो । विज्ञापन व्यवसाय फस्टाउँदै गयो र पत्रिकाहरूले स्वतन्त्र आर्थिक मोडेल विकास गरे । आर्थिक स्वतन्त्रताले पत्रकारितामा सामग्रीको गुणस्तर वृद्धि गर्‍यो । अनुसन्धानमा आधारित रिपोर्टिङ, विशेष संवाद श्रृङ्खला र विश्लेषणात्मक सम्पादकीय लेखनले पाठकलाई गहिरो रूपमा आकर्षित गर्‍यो ।साप्ताहिक पत्रिकाहरूको योगदान’नेपाल’,  ‘स्पोटलाइट’, ‘ रहस्य’, ‘युगसम्वाद’, ‘हिन्दु’, ‘ नेपाल पोष्ट’,’जन आस्था ‘, ‘ महिमा ‘, ‘घटना र विचार ‘, ‘ साँघु ‘, ‘ चर्चा ‘, ‘ नयाँ करेन्ट’,समकालीन’, ‘शुक्रबार’, ‘योहू’ जस्ता साप्ताहिक र पाक्षिक पत्रिकाहरूले विश्लेषणात्मक रिपोर्टिङ र राजनीतिक टिप्पणीहरूमा विशेष भूमिका खेले । यिनले तत्कालीन राजनीतिका जटिल पाटा उद्घाटित गरे, जनताको आवाज सरकारसमक्ष पुर्‍याए, र नागरिक चेतनाको विकासमा योगदान पुर्‍याए ।
पत्रिकाको विस्तार क्षेत्रीय तहसम्म केन्द्रमा मात्रै नभएर ग्रामीण भेगसम्म पनि पत्रपत्रिकाको पहुँच बढ्न थाल्यो । शिक्षाको प्रसार र यातायात सुविधाको विस्तारसँगै जिल्लास्तरमा पनि पत्रिकाहरू विस्तार भए । ‘राजधानी’, ‘पूर्वाञ्चल सन्देश’, ‘पोखरा पत्रिका’ जस्ता क्षेत्रीय प्रकाशनहरूले आफ्नो विशिष्ट स्थान बनाएका थिए ।
छापा पत्रकारिता र नागरिक बीचको सम्बन्ध
त्यो समय छापाका पत्रपत्रिका नागरिकको मुख्य सूचना स्रोत थिए । अखबार पढ्नु भनेको सूचना र ज्ञान प्राप्त गर्ने प्रमुख माध्यम हुनुका साथै, बिहानको अनिवार्य दैनिकी बन्न पुगेको थियो । ‘पेपर आएन भने नखाएको जस्तै लाग्छ’ भन्ने भावनाले पत्रकारिताको प्रभाव देखाउँथ्यो । यो दशक छापा पत्रकारिताका लागि मात्रै होइन, नेपाली समाजमा समग्र सञ्चारको क्षेत्रमा अभूतपूर्व प्रगतिको युग पनि हो ।
तर, यो स्वर्णिम युग धेरै लामो समय टिक्न सकेन । प्रविधिको तीव्र विकास, राजनीतिक अस्थिरता र सामाजिक–आर्थिक परिवर्तनहरूले छापा पत्रकारितालाई नयाँ चुनौतीको सामना गर्न बाध्य बनायो ।
चुनौतीहरूको सुरुआत
२०५७ सालतिर पुगेपछि नेपाली छापा पत्रकारिता स्वर्णिम अवस्थाबाट बिस्तारै चुनौतीहरूको दलदलमा फस्न थाल्यो । प्रजातान्त्रिक व्यवस्थाले सुरुवाती दिनमा दिएको उत्साह क्रमशः खस्कँदै गयो । राजनीतिक अस्थिरता, आर्थिक समस्याहरू, प्रविधिको विकास र सामाजिक व्यवहारमा आएको परिवर्तनले छापा पत्रिकामाथि गम्भीर प्रभाव पार्न थाल्यो ।
राजनीतिक अस्थिरता र प्रभाव
२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले मुलुकलाई हिंसा र अशान्तिको चपेटामा ल्यायो । युद्धकालमा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न गाह्रो भयो । पत्रकारहरूलाई विभिन्न पक्षबाट दवाव, धम्की र आक्रमण हुन थाले । निष्पक्ष रिपोर्टिङ गर्ने पत्रकारहरूलाई दुबै पक्ष (राज्य र विद्रोही) बाट प्रताडित बनाइयो । कुनै पत्रिकाले सरकारको आलोचना गर्‍यो भने सरकारी पक्षबाट दु:ख पाइन्थ्यो; माओवादी गतिविधिहरूको समाचार लेख्दा माओवादीको रोष झेल्नुपर्थ्यो । यसले गर्दा पत्रकारहरूले आत्मसेंसरशिप (self-censorship) अपनाउन थाले र छापा पत्रकारिताको स्वतन्त्रता कुण्ठित हुन पुग्यो ।
आन्तरिक किचलो र पत्रकारिता व्यवसायमा प्रभाव
नेपालको राजनीतिमा स्थिरता नआउनु र बारम्बार सरकार परिवर्तन हुनुका असर पत्रकारितामाथि पनि पर्यो । मिडिया हाउसहरू राजनीतिज्ञहरू नजिकिन थाले, कतिपय मिडिया संस्थापकहरू आफैँ राजनीतिक सरोकारवालासँग प्रत्यक्ष जोडिए । यसले गर्दा पत्रकारिताको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्न थाल्यो । पत्रिकाहरू नीतिगत स्पष्टता गुमाउँदै राजनीतिक एजेण्डा प्रवर्द्धनमा लागेको आरोप लाग्न थाल्यो । पाठकहरूले छापा पत्रिकामा समाचारभन्दा पनि राजनीतिक धु्रवीकरण देख्न थाले ।
व्यावसायिक मिडिया र व्यापारीकरण
छापा पत्रकारिता आर्थिक रूपमा सुदृढ बन्न थालेपछि व्यवसायिकिकरण अत्यधिक बढ्यो । विज्ञापन आम्दानीमा निर्भरता बढेपछि पत्रिकाहरूले पाठकभन्दा विज्ञापनदातालाई प्राथमिकता दिन थाले । विज्ञापनदाता कम्पनीहरूको आलोचना गर्ने समाचार छाप्न हिच्किचाउने प्रवृत्ति बढ्यो सामाजिक उत्तरदायित्वभन्दा पनि मुनाफा प्राथमिक बन्न थालेपछि जनताले मिडिया प्रति विश्वास गुमाउन थाले । यसले सामग्रीको गुणस्तरमा गिरावट ल्यायो र पाठकहरूलाई वैकल्पिक सूचना स्रोतहरू खोज्न बाध्य बनायो ।
सूचनाको विस्फोट र पाठकको बानीमा परिवर्तन
२१औँ शताब्दीको सुरुवातसँगै नेपालमा पनि इन्टरनेटको पहुँच विस्तार हुन थाल्यो । सूचना पाउन पत्रिकाको प्रतीक्षा गर्नुपर्ने समय सकियो । स्मार्टफोन, कम्प्युटर र इन्टरनेटको माध्यमबाट तत्काल सूचना पाउने संस्कार विकसित हुन थाल्यो । यसले गर्दा बिहानको चिया र पत्रिका पढ्ने चलन क्रमशः घट्दै गयो । विशेषगरी नयाँ पुस्ताले छापा पत्रिकालाई पुरानो प्रविधिको रूपमा हेर्न थाल्यो ।
धेरै मिडिया, कम गुणस्तर
२०५० पछि मिडिया हाउसहरूको संख्या बढ्दै गयो, तर गुणस्तरमा अपेक्षित सुधार भएन । प्रतिस्पर्धा चर्कंदै जाँदा सनसनीपूर्ण समाचार, अपुष्ट तथ्य र अतिरञ्जनाले भरिएको सामग्री सार्वजनिक हुन थाल्यो । विश्वसनीयता घटेपछि पाठकहरूले पनि आलोचनात्मक दृष्टिले पत्रिकाहरू हेर्न थाले । कतिपय ठूला मिडिया हाउसहरू राजनीतिक र व्यावसायिक स्वार्थमा जकडिँदा सानो, स्वतन्त्र प्रयासहरू पन्छिन थाले । यी सबै कारणहरूले गर्दा नेपाली छापा पत्रकारिता सोनेरुम जस्तो चम्किलो अवस्थाबाट बिस्तारै बादलले ढाकिएको जस्तो संकटपूर्ण अवस्थामा आइपुग्यो । तर, चुनौती यही टुंगिएको थिएन । प्रविधिको तेज विकास, डिजिटल मिडियाको उदय र सामाजिक सञ्जालको विस्फोटले छापा पत्रकारितामाथि अर्को तहको गम्भीर चुनौती थपिदियो ।
प्रविधिको विकास र डिजिटल मिडियाको उदय
२०६० सालपछि नेपालमा इन्टरनेट सेवाको विस्तारले सञ्चार क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्यायो । डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहको गति अत्यन्त तेज भयो ।
पहिला जहाँ समाचार छापा भएर भोलिपल्ट मात्र पाठकको हातमा पुग्थ्यो, अब अनलाइनमा केही सेकेन्डमै अपडेट हुने स्थिति आयो । यसले छापा पत्रकारिताको अस्तित्वमै ठूलो चुनौती सिर्जना गर्‍यो ।
अनलाइन मिडियाको उदय
इन्टरनेट विस्तारसँगै नेपालमा पनि अनलाइन मिडियाहरू स्थापना हुन थाले । ‘इकान्तिपुर’, ‘नयाँ पत्रिका अनलाइन’, ‘सेतोपाटी’, ‘रातोपाटी’, ‘अनलाइन खबर’, ‘नेपाल खबर’ जस्ता अनलाइन पोर्टलहरूले छिट्टै लोकप्रियता कमाए । यी मिडियाले समाचार तुरुन्तै अपडेट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने र मोबाइलमै सूचना उपलब्ध गराउने जस्ता सुविधाहरू दिए ।
त्यसैले, पाठकहरूले छापा पत्रिकाको प्रतिक्षा गर्नुको सट्टा मोबाइल वा कम्प्युटरमा तत्काल समाचार हेर्ने बानी बसाले  खासगरी नयाँ पुस्ता (१८–४० वर्ष उमेर समूह) ले छापा पत्रिका पढ्न छोडेर डिजिटल मिडियातिर सरे ।
समय र लागतको कारक
डिजिटल मिडिया पहुँचमा सरल, तत्काल र निःशुल्क हुने भएकाले सर्वसाधारणको रोजाइ बन्न थाल्यो ।
छापा पत्रिका किन्नु, पढ्न समय छुट्याउनु र वितरणको पर्खाइ गर्नु पर्ने झन्झटको साटो डिजिटल मिडियाले सजिलो र छिटो विकल्प दिएको थियो । यसले छापा पत्रिकाको पाठक संख्या घटाउन महत्वपूर्ण भूमिका खेल्यो ।
सामाजिक सञ्जालको विस्फोट
फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको लोकप्रियताले छापा पत्रकारितालाई थप दबाबमा पारेको छ । आजको पुस्ता आफ्नो समाचार स्रोतका रूपमा परम्परागत पत्रपत्रिकाभन्दा फेसबुक वा ट्वीटर हेर्छ ।
आफ्नो मोबाइलमा आउने नाटकीय शीर्षक, छोटो भिडियो क्लिप वा आकर्षक फोटोसहितको समाचारले धेरैलाई आकर्षित गरेको छ । छापा पत्रिकाको लामो लेख वा विश्लेषणात्मक सामग्री पढ्न अहिलेका धेरै पाठकहरूमा धैर्यता घटिरहेको देखिन्छ ।
नयाँ पत्रकारिता शैली र छापा पत्रकारिताको संघर्ष
डिजिटल मिडियाले छोटो, सरल र आकर्षक सामग्री प्रस्तुत गर्न थालेको छ । “Headline-driven journalism” अर्थात् शीर्षक केन्द्रित पत्रकारिता हाबी हुँदै गएको छ । छापा पत्रिकामा गहिरो विश्लेषण, पूर्ण रिपोर्ट र तथ्यांकसहितको सामग्री दिइए पनि तत्कालको जमानामा त्यो शैली सुस्तजस्तो देखिन थालेको छ । छापा पत्रिकाले आफ्नो गहिराइ र विश्वसनीयता कायम राख्न संघर्ष गरिरहेको छ, तर डिजिटल गतिशीलताले पाठकको रुचि फेरिएको छ ।
आर्थिक दबाब र विज्ञापन बजारमा ह्रास
विज्ञापनदाताहरू पनि डिजिटल माध्यमतिर सर्न थाले ।
कम लागतमा धेरै मान्छेसम्म पुग्न सकिने भएकाले कम्पनीहरूले अब अनलाइन विज्ञापनलाई प्राथमिकता दिन थालेका छन् । छापा पत्रिकाले बाँच्नका लागि विज्ञापनमा निर्भर रहने हुँदा यसले ठुलो आर्थिक संकट निम्त्याएको छ ।विज्ञापन आम्दानी घटेपछि छापा पत्रिकाहरूले स्टाफ कटौती, पृष्ठ संख्या घटाउने, छाप्ने दिनहरू सीमित गर्ने जस्ता उपाय अपनाउन थालेका छन् । कतिपयले त छापा संस्करण बन्द गरेर केवल अनलाइनमा मात्र सेवा दिन थालेका उदाहरणहरू पनि देखिन्छन् । यी सबै प्रविधि–केन्द्रित परिवर्तनहरूले गर्दा अहिले छापा पत्रकारिता अस्तित्व जोगाउन संघर्षमा उत्रिएको छ ।
छापा पत्रकारितामा आएको नयाँ अवसर र अनुकूलनको प्रयास
यद्यपि प्रविधिको तीव्र विकासले छापा पत्रकारिता क्षेत्रलाई गम्भीर चुनौती दिएको छ, तर यसले केही नयाँ अवसरहरू पनि सिर्जना गरेको छ । परिवर्तनलाई आत्मसात् गर्दै धेरै छापा पत्रिकाहरूले आफूलाई नयाँ समयअनुसार ढाल्ने प्रयास गरेका छन् । छापा पत्रकारिता अब केवल कागजमा मात्र सीमित नभई डिजिटल प्लेटफर्महरूमार्फत पनि आफ्नो उपस्थिति बलियो बनाउने दिशामा अघि बढेको छ । डिजिटल संस्करण (E-paper) को विकास छापा पत्रिकाले आफ्नो डिजिटल रूपान्तरण सुरु गरेका छन् ।
अहिले छापा पत्रिकाले आफ्नो ‘ई–पेपर’ संस्करण सञ्चालन गरेका छन्, जहाँ पाठकले मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट छापा संस्करण जस्तै पूरा पत्रिका पढ्न सक्छन् । यसले विदेशमा रहेका नेपाली, व्यस्त जीवनशैली भएका पाठकहरू र डिजिटलमैत्री पुस्तालाई जोड्ने काम गरेको छ ।
मल्टिमिडिया सामग्रीको समावेशीकरण
केवल लेख र फोटोमा सीमित नभई छापा पत्रिकाले अब भिडियो रिपोर्टिङ, पोडकास्ट, इन्फोग्राफिक्स र अन्तरक्रियात्मक सामग्री विकासमा ध्यान दिन थालेका छन् । उदाहरणका लागि, ठूला घटनाको समाचार केवल लेखमा मात्र नभई, भिडियो क्लिप, तथ्यांकसहितका इन्फोग्राफिक्स र लाइभ अपडेटमार्फत पनि प्रस्तुत गरिन्छ । यसले नयाँ पुस्ताको ध्यान आकर्षित गर्न सहयोग पुर्‍याइरहेको छ।
सोसल मिडिया प्रयोग
छापा पत्रिकाहरूले पनि फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालहरूमा सक्रियता बढाएका छन् । नयाँ समाचार तुरुन्तै सामाजिक सञ्जालमा सेयर गर्ने, छोटो भिडियो रिपोर्ट बनाउने र पाठकसँग प्रत्यक्ष संवाद गर्ने प्रवृत्ति बढेको छ । यसरी सोसल मिडियालाई सही ढंगले प्रयोग गर्दा पत्रिकाहरूले आफ्नो पहुँच बढाउन सफल भएका छन् ।
नयाँ व्यवसाय मोडेलहरू
पहिले जस्तो केवल विज्ञापनमा आधारित आम्दानी प्रणाली अब परिवर्तन हुँदैछ । केही पत्रिकाहरूले ‘पेड सब्सक्रिप्सन’ मोडेल अपनाउन थालेका छन्, जहाँ पाठकले विशेष सामग्री पढ्न सदस्यता लिनुपर्ने हुन्छ । त्यसैगरी, इभेन्ट म्यानेजमेन्ट, ब्रान्डेड कन्टेन्ट (Sponsored Articles) र विशेष कार्यक्रमहरू आयोजना गरेर नयाँ आयस्रोत सिर्जना गर्ने प्रयास भइरहेका छन् ।
गहिरो र विश्लेषणात्मक सामग्रीप्रति चासो
यद्यपि छोटो र छिटो समाचार डिजिटलमा लोकप्रिय भए पनि, अझै पनि गहिरो अनुसन्धानात्मक रिपोर्ट, विशेष रिपोर्टहरू र दीर्घ अन्तरवार्ताहरूको माग छ । छापा पत्रिकाले यस्ता गुणस्तरीय सामग्री तयार पारेर आफूलाई अन्य मिडियाबाट अलग र विशिष्ट बनाउन सक्छन् ।
शिक्षित र परिपक्व पाठक वर्ग लक्षित प्रयास
छापा पत्रिकाहरूले अब सामान्य सूचना मात्रै नभई विश्लेषण, व्याख्या र समग्र परिदृश्य बुझाउने खालका सामग्रीहरू विकास गरेर शिक्षित, परिपक्व र गम्भीर पाठक वर्गलाई लक्षित गर्न थालेका छन् । यस्ता पाठकहरू अझै पनि छापा पत्रिकाप्रति आकर्षित रहने सम्भावना उच्च हुन्छ । यसरी, चुनौतीबीच पनि छापा पत्रकारिताले नयाँ अवसरहरू फेला पार्दै, आफूलाई समयअनुसार अद्यावधिक गर्ने र नविकरण गर्ने अभियान सुरु गरेको छ । तर, सफलताका लागि अनवरत सिर्जनशीलता, विश्वसनीयता र पाठकमैत्री नीतिहरू अवलम्बन गर्नु अपरिहार्य देखिन्छ ।
भविष्यको छापा पत्रकारिता
प्रविधि र जीवनशैलीको तीव्र परिवर्तनले परम्परागत छापा पत्रकारिता क्षेत्रलाई गम्भीर चुनौती दिएको यथार्थ नकार्न सकिँदैन । तर, चुनौतीसँगै भविष्यका लागि थुप्रै सम्भावनाहरू पनि रहेका छन् । सस्तो, छिटो र सर्वसुलभ सूचना प्रवाहको युगमा पनि गहिरो, सुसंगठित र विश्वासिलो सूचना प्रदान गर्ने छापा पत्रकारिताको महत्व कायम रहन सक्छ, यदि केही रणनीतिक सुधारहरू अपनाइए भन।
१. गहिरो पत्रकारितामा ध्यान केन्द्रित गर्नु
तत्कालको समाचारभन्दा पनि छापा पत्रिकाले दीर्घ विश्लेषणात्मक रिपोर्टिङ, अनुसन्धानमूलक पत्रकारिता, तथ्यमा आधारित विशेष फिचरहरू उत्पादनमा जोड दिनु पर्छ । अनलाइनमा पाइने सतही सूचना भन्दा फरक, विश्वसनीय र गहिरो सामग्रीले मात्र पाठकको आकर्षण पुनः प्राप्त गर्न सकिन्छ ।
२. गुणस्तरीय सामग्रीमा लगानी बढाउनु
सस्तो र चटपटे समाचारले अस्थायी ध्यान त तान्न सक्छ तर दीर्घकालीन पाठक बिस्तारका लागि सामग्रीको गुणस्तर महत्वपूर्ण हुन्छ । सम्पादकीय स्वतन्त्रता, भाषाको सौन्दर्य, तथ्यमा आधारित समाचार र विविधतापूर्ण विचार विमर्शलाई बढावा दिनु जरुरी छ ।
३. डिजिटलसँग सहअस्तित्व विकास गर्नु
छापा र डिजिटललाई प्रतिस्पर्धी होइन, पूरकका रूपमा हेर्नु पर्छ । छापा संस्करणले गहिरो सामग्री दिनु, डिजिटल प्लेटफर्मले ताजा अपडेट र अन्तरक्रियात्मक सेवा दिनु — यस्तो सहअस्तित्वले दुबै माध्यमलाई सशक्त बनाउन सक्छ ।ई–पेपर, मोबाइल एप, सामाजिक सञ्जालबाट पाठकसँग नियमित सम्पर्क बढाउनु अत्यावश्यक हुन्छ ।
४. लक्षित पाठक वर्ग निर्माण गर्नु
सबैका लागि समाचार उत्पादन गर्ने रणनीति अब सफल छैन ।छापा पत्रिकाले विशेष लक्षित समूह (जस्तै, शिक्षित युवा, सरकारी कर्मचारी, व्यवसायी, बौद्धिक वर्ग) पहिचान गरी तिनका चासोका विषयमा सामग्री उत्पादन गर्नुपर्छ । विशेष क्षेत्रका लागि विशेष संस्करण (जस्तै, आर्थिक समाचार, अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान र प्रविधि, शिक्षा इत्यादि) विकास गर्न सकिन्छ ।
५. नयाँ आयस्रोतको खोजी
अब छापाले विज्ञापनमा मात्रै निर्भर रहने मोडेल असफल भइसकेको छ । त्यसैले सदस्यता शुल्क, प्रिमियम कन्टेन्ट सेवा, विशेष रिपोर्टको बिक्री, अनलाइन–अफलाइन तालमेल कार्यक्रमहरू, ब्रान्डेड इभेन्टहरू, विशेष पुस्तक प्रकाशन जस्ता माध्यमबाट नयाँ आर्थिक मोडल निर्माण गर्नु जरुरी छ ।
६. पाठकसँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार
छापा पत्रिकाले आफ्नो पाठक समुदायसँग सक्रिय संवाद कायम गर्नुपर्छ । पाठकको सुझाव, प्रतिक्रिया र मागलाई सुन्ने र सम्बोधन गर्ने संस्कार विकास गर्दा पाठकसँग गहिरो सम्बन्ध बन्नेछ । नयाँ प्रविधिको प्रयोग गरेर प्रत्यक्ष संवाद कार्यक्रम, अनलाइन फोरम र पाठक मञ्चहरू सञ्चालन गर्न सकिन्छ ।
७. क्षेत्रीय र भाषागत विविधताको उपयोग
नेपाली समाज विविधतायुक्त छ — जातीय, क्षेत्रीय, भाषिक विविधता छापा पत्रिकाले क्षेत्रीय भाषा, संस्कृतिलाई सम्बोधन गर्ने र ग्रामीण भेगसम्म पनि पुग्ने विशेष संस्करण निकालेर नयाँ पाठक समूह सिर्जना गर्न सक्छ । यसो गर्दा राष्ट्रिय स्तरमा आफ्नो पहुँच फैलाउन सकिन्छ ।
८. निष्ठा, पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता
मिडियामाथि बढ्दो अविश्वासको वातावरणमा छापा पत्रिकाले आफ्नो निष्ठा, पारदर्शिता र सामाजिक जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनैपर्छ । निरपेक्षता, निष्पक्षता र जनहितका पक्षमा नडगमगाई उभिन सके मात्र पाठकको हराउँदै गएको विश्वास पुन:स्थापित गर्न सकिन्छ ।
त्यसैले समय र प्रविधिको गतिशील यात्राले हरेक क्षेत्रलाई जस्तै सञ्चार माध्यमलाई पनि गहिरो प्रभाव पारेको छ ।नेपालमा २०४६ सालको जनआन्दोलन पछि छापा पत्रकारिताको पुनर्जागरण भएको थियो । त्यसयता थुप्रै आरोह–अवरोह पार गर्दै छापा पत्रकारिता अगाडि बढ्यो । तर पछिल्लो प्रविधि विस्फोट र डिजिटल मिडियाको वर्चस्वसँगै यसको अस्तित्व नै संकटमा परेको छ । अनलाइन पोर्टलहरू, सामाजिक सञ्जाल र मोबाइल पत्रकारिताले सूचना उपभोगको शैलीलाई क्रान्तिकारी ढंगले परिवर्तन गरेका छन् । छापा पत्रकारिताले समयमै आफूलाई परिमार्जन नगर्दा पाठक संख्या घटेको र आर्थिक दबाब बढेको देखिन्छ ।यद्यपि, यो परिवर्तनलाई अवसरका रूपमा लिन सक्ने हो भने छापा पत्रकारिताका लागि भविष्य अझै सम्भावनापूर्ण छ ।
गहिरो अनुसन्धानमूलक पत्रकारिता, तथ्यमा आधारित विशेष सामग्री, विश्लेषणात्मक रिपोर्ट र समाजमा सकारात्मक परिवर्तन ल्याउने धारिलो भूमिका आज पनि छापा पत्रिकाको बलियो पक्ष हो । डिजिटल प्रविधिसँग सहअस्तित्व विकास गर्दै गुणस्तरीय सामग्री उत्पादन, लक्षित पाठक सिर्जना र नयाँ व्यवसायिक मोडेलको खोजी गरेर छापा पत्रकारिता पुनः उत्कर्षमा पुग्न सक्छ । विश्वसनीयता, पारदर्शिता र निष्ठा जस्ता मूल्यमान्यतामा आधारित भएर छापा पत्रकारिता अघि बढेमा प्रविधिको लहरसँग जुध्दै पनि आफ्नो गरिमा जोगाउन सक्छ । कागजमा मात्रै होइन, डिजिटल स्पेसमा पनि आफूलाई प्रभावकारी बनाउँदै, सत्य र सूचनाको सेतु बन्ने चुनौती स्वीकार्न छापा पत्रकारिता तयार हुनैपर्छ ।
( लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host