ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी


फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

वैशाख २५ काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को आगामी शनिबार हुने निर्वाचनका लागि अहिलेका कोषाध्यक्ष दिपेन्द्र पोख्रेलले महासचिवमा उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष हुँदा राम्रो काम गरेको भन्दै उनले आफ्ना कामबारे सम्पूर्ण मतदाता तथा शुभचिन्तकसँग स्पष्ट पारिसकेका छन् । उनले क्यानडा÷युएस्ए डिपार्टमेन्ट प्रमुख भएर कामसेमत गरिसकेका छन् । उनले फेकन अक्षय कोष निर्माण गरेका छन् । आफू कोषाध्यक्ष भएर आउँदा घाटामा रहेको संस्थालाई नाफामा लगेको उनको दाबी छ । अहिले फेकनमा फेकन अक्षय कोष भनेर प्राइम कमर्सिएल बैंकमा स्थापना गरिएको छ । उनले गत निर्वाचनमा आफूले गरेका प्रतिबद्धता पूरा गरेको बताएका छन् । आफूले गर्छु भने अनुसार नै फेकनका सम्पूर्ण सदस्यहरुको स्वास्थ्य जीवन वीमा गरिएको उनले जनाएका छन् ।

उनले शैक्षिक कर्जालाई प्राइम बैंकसँग सहकार्य गर्दै सहजीकरण गरिएको, आर्थिक पारदर्शिता कायम गरिएको, आर्थिक प्रणाली एकाउन्ट सप्फटवेरमा राखिँदै डिजिटलाईज गरिएको, प्रत्येक सदस्यले चाहेको समयमा प्रत्येक महिनाको अन्तिममा सम्पूर्ण आय–व्यय हेर्न सक्ने बनाइएको, उठ्न बाँकी पैसा उठाउँदै गरिएको जनाएका छन् । त्यस्तै उनले आफूहरुको यही कार्यकालमा लगभग १ करोड ९० लाख रुपैंयाँ हाराहारीका कार्यक्रम गरिएको स्पष्ट पारेका छन् । ती सबै कार्यक्रम भव्य भएको उनको दाबी छ । उनले कुनै पनि विभाग तथा समितिले गरेका कार्यक्रमहरुमा कहिल्यै पनि आर्थिक अभाव हुन नदिनु पनि आफ्नो उपलब्धी भनेर व्याख्या गरेका छन् ।
उनले गत निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप नेपाल ल्याबमा फेकन सदस्यहरुको लागि निःशुल्क होलबडी चेकअप र सिद्धि पोलिक्लिनिकमा प्रिभिलेज चेकअपको व्यवस्था गरिएको छ । फेकनले प्रदेश तथा जिल्ला समितिलाई इतिहासमै पहिलो पटक आर्थिक सहयोग गरिएको पनि उनले जनाएका छन् । जसका कारण ती विभाग तथा समिति बलियो भएको र काम गर्न सजिलो भएको कुरा उनले सबैमाझ स्पष्ट पारेका छन् । फेकनले सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितको लागि प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैंयाँ सहयोग पनि गरेको छ । बिपत्तिमा परेका सदस्यहरुलाई आर्थिक सहयोग गरिएको भन्दै उनले आफूले सुरु गरेका कामले निरन्तरता पाउँदा संस्था र सदस्यहरुको हित हुने विश्वास व्यक्त गरे । उनले क्यानडा र युएस्एको विश्वविद्यालय÷कलेजहरुसँग तीन÷तीनपटक एजेन्ट–सेमिनार गराउन सफल भएको पनि सबैमा जानकारी भइसकेको जनाएका छन् ।

ADVERTISEMENT

महासचिव भइसकेपछिका योजनाहरु के–के ?
उनले महासचिवमा निर्वाचित भएपछि गर्ने काम पनि सार्वजनिक गरेका छन् । उनले संगठन निर्माण गर्दै यसको चुस्त–दुरुस्त व्यवस्थापन कार्यमा दत्तचित्त भएर लाग्ने बताएका छन् । हाल रहेका केन्द्र र प्रदेशका सम्पूर्ण समितिलाई चलायमान बनाउने, थप प्रदेश–जिल्ला समितिहरू निर्माण गर्ने, विभिन्न विभागका गतिविधिलाई थप सक्रिय बनाउने, आफूहरुको जस्तै अन्य संघ संगठनसँग समन्वय गरेर साझा मुद्यामा अघि बढ्ने,महासचिवको सचिवालय-लाई सदस्यमैत्री र प्रभावकारी बनाईने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सरोकार वालाहरुसँग प्रभावकारी तथा सुमधुर सम्बन्ध कायम गर्ने, फेकन शैक्षिक मेला आयोजना गर्ने, नेपाल सरकारबाट दिईने स्विकृति प्रक्रियामा समन्वयका लागि विशेष पहल गर्ने, पक्षपातरहित ढंगले सबैलाई समान व्यवहार गर्र्दै समान अवसर प्रदान गर्ने  लगायतका योजना अघि सारेका छन् । शनिबार हुने निर्वाचनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचनमा २ सय ६२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host