५ जेठ काठमाडौं । नेपाल टेलिकमले आ.व.२०८१/ ८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) को वित्तीय विवरण (Unaudited) सार्वजनिक गरेकाे छ। टेलिकमले निकालेको आर्थिक विवरणको सारांश यस्तो छ-:
(क) आय :
१. यस आ.व. को तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. २५ अर्व ३१ करोड ७६ लाख १३ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. २५ अर्व ४८ करोड १२ लाख ८९ हजारको तुलनामा रु. १६ करोड ३६ लाख ७५ हजारको (अर्थात् ०.६४ प्रतिशत) ले कमी भएको।
२. यस आ.व. को तेस्रो त्रैमासिकसम्म कुल आय रु. २८ अर्व ४३ करोड १५ लाख ६६ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ३१ अर्व २० करोड ४८ लाख ५८ हजारको तुलनामा रु. २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार (अर्थात् ८.८९ प्रतिशत) ले कमी भएको ।
(ख) मुनाफा
१. यस आ.व. को तेस्रो त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १४ अर्व १९ करोड २१ लाख ९२ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १३ अर्व ४० करोड २९ लाख ४५ हजारको तुलनामा रु. ७८ करोड ९२ लाख ४६ हजार (अर्थात् ५.८९ प्रतिशत) ले बढी भएको।
२. यस आ.व. को तेस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. ८ अर्व ६२ करोड ५४ लाख ४ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ७ अर्व ३८ करोड ३३ लाख ६३ हजारको तुलनामा रु. १ अर्व २४ करोड २० लाख ४० हजार (अर्थात् १६.८२ प्रतिशत) ले बढी भएको ।
३. यस आ.व. को तेस्रो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ८४ करोड २२ लाख ८९ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ५ अर्व ५३ करोड ७५ लाख ६२ हजारको तुलनामा रु. २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार (अर्थात् ४८.६७ प्रतिशत) ले कमी भएको ।
४. कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. २१.०५ रहेको।
(ग) गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफाdf परिवर्तन हुनुsf] प्रमुख कारणहरु निम्नानुसार रहेको:-
• OTT सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु. ५३ करोड ५५ लाख ६६ हजार (अर्थात् २२.३७ प्रतिशत) ले कम भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।
• कम्पनीले गत वर्ष GSM अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ.व. को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को तेस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार (अर्थात् ४६.०२ प्रतिशत) ले घटी भएको छ।
• प्रतिस्पर्धी ISP हरुले Mobility गरी Wi-Fi सेवा दिइरहेकोले Mobile को data प्रयोगमा उल्लेखनीय कमी भएको।
• राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
• सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको।
• कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको।
• कम्पनीले गत वर्षसम्म Contingent Liabilities मा देखाएको केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको।
प्रेस नाेट अनुसारको -:












