ADVERTISEMENT
ADVERTISEMENT
२६ जेठ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा भएको छ। आज जेठ २६ गते सभा आम्रपाली बैंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको छ । कम्पनीले ८ % बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ % हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ ।
प्रस्तावित बोनस सेयरबाटै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको जानकारी गराएको छ । बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेकाे हुँदा त्याे भन्दा अघि कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन्।











