ADVERTISEMENT
ADVERTISEMENT
२०८२ जेठ २६, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ः०० बजेबाट सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । कार्यसुचि-:

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने पनि कार्यसूची रहेको छ । केही दिनदेखि विपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक बस्न सकेको छैन । भिजिट भिसा प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।











