ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मातृभाषा पत्रकारिता विकासको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन


मातृभाषा पत्रकारिता विकासको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
जेठ २९ गते, लपु, केके मानन्धर । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने विषयको जानकारी दिएको छ । सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराउने बताएको छ ।
‘आजको मितिसम्म विभिन्न देशबाट ४० जना पत्रकारहरुले सम्मेलनमा सहभागी हुनको लागि नाम टिपाएको छ । हामीले सोही बमोजिम होटल बुकिङ देखि आवश्यक तयारी गरेका छौं ।’ कार्यक्रमका संयोजक सुनील महर्जनले बताउनुभयो । सम्मेलनको तयारी समेत अन्तिम चरणमा पुगेको उहाँले दाबी गर्नुभयो । पत्रकार राष्ट्रिय दबूले यसअघि गएको वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले मातृभाषाको पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।
सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान भएर सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा छ । सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिइएको छ । पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा हुने आयोजकले जनाएको छ । मातृभाषा संरक्षणको लागि पत्रकारिता मूला नारा दिएर अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन गर्न लागेको छ ।
सम्मेलनमा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत गर्ने, प्यानल डिस्कसन गर्ने, पत्रकारितामा योगदान गरेका व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल हुने मुख्य एजेन्डा तपसिल छन् ।१) मातृभाषा संरक्षणका लागि पत्रकारिता ।
२) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति ।
३) सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि ।
४) धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता ।
५) बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका ।
६) मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका।
७) मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।
सम्मानित हुने व्यक्तित्वहरुः-
१) मल्ल के सुन्दर २) गणेश राई ३) अजितमान तामाङ्ग।
संस्थागत सम्मान प्रदान गरिने संस्थाहरुः
१) रेडियो नेपाल २) गोरखापत्र ३) राष्ट्रिय समाचार समिति ४) नेपाल टेलिभिजन ५) प्रेस काउन्सिल नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host