ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी


कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३ ,असार बुटवल/ कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिएका हुन । हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र सहकारीका पदाधिकारीहरुले उक्त विषयमा जोड दिएका हुन । सरल र सहज लगानीबाट कृषि उत्पादन बृद्धि गर्न सकिने निश्कर्ष निकालिएको छ । लुम्बिनी प्रदेशमा कृषि उत्पादन बृद्धिका लागि लगानी बढाउन र लगानीको सही सदुपयोग गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन ।

कार्यक्रमका प्रमुख अतिथी कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकहरुको उत्पादन परिमाण र गुणस्तर बृद्धि गर्दै बजारीकरणमा जोड दिनका लागि बैंकहरुको लगानी कृषक मैत्री हुनु पर्नेमा जोड दिनुभयो । साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउन चुनौति भएकोमा बैंक साथी परिचानको अवधारणाबाट हेफरले गरेको सहजीकरण प्रभावकारी हुने वताउनु भयो । साना किसान र सहकारीहरुलाई लक्षित गरी ६ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्न भिटा परियोजना शुरुवात गरिएको र परियोजना मार्फत हेफरको कार्यक्षेत्र तथा लुम्बिनी प्रदेशका अन्य सम्भावित क्षेत्रहरुमा पनि विक्तिय साक्षरता कार्यक्रम र व्यवसायिक बैठकमा सहयोग र सहजीकरण गरिएको भन्दै धितोको मापदण्ड पुर्याई ऋण माग गर्ने सहकारीलाई यथासक्य छिटो ऋण प्रवाह गरिने प्रमुख न्यौपानेले वताउनुभयो ।

ADVERTISEMENT

प्रभु बैंक लिमिटेडका प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरी आएका कृषकहरुलाई प्राथमिकतामा राखी ऋण प्रवाह गरिएको वताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले हेफरसँगको सहकार्यमा सामाजिक उद्यमी महिला सहकारीहरुमा विना घितो ऋण लगानी गरेको जानकारी गराउदै सहकारीहरुको क्षमता विकासमा जोड दिदै, कृषि तथा पशु बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने र सहकारीहरुको डकुमेन्टसनमा विशेष ध्यान दिनुपर्ने वताउनु भयो । हेफर ईन्टरनेशन नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्ब्युले सहकारीको क्षमता विकास तथा लगानीको वातावरण निर्माण गर्नका लागि हेफरले सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्दै, हेफरको सहजीकरण सहयोगमा १७ वटा बैंकहरुसँग समन्वय गरी नेपाल भर २ अर्व ५० करोड ६२ लाख ७६ हजार ५ सय ८ रुपैया ११ हजार ६ सय ९४ जनालाई लगानी गरिएको बताउनुभयो । साथै हेफर बुटवल क्षेत्रिय कार्यालय अन्तरगत १६ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी ३ सय २१ जना महिला तथा युवा उद्यमी र २९ वटा सहकारीमा ५० करोड ७७ लाख ०८ हजार रुपैया लगानी गरिएको वताउनु भयो । बुटवल क्षेत्रिय कार्यालय अन्तर्गत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र स्याङ्जा जिल्लाका १२ वटा स्थानीय तह र ८१ वटा सहकारीमा कार्यक्रम सञ्चालन भएको बताउनु भयो ।

कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड बुटवलका प्रबन्धक प्रभात रमण उप्रेती, प्रभु बैंक लिमिटेड तानसेन शाखा प्रबन्धक नगेन्द्र रत्न कोईराला, रानीबास गुल्मी शाखा प्रबन्धक नविन बस्याल, राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखा प्रमुख रविन गौतम, भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवाली, सिद्धार्थ ईन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख गणेश पन्थी, VITA परियोजनाका लुम्बिनी प्रदेशका फोकल पर्शन बालकृष्ण अर्याल, सप्लाई चेन अधिकृत रुपेश न्यौपाने, निशा न्यौपाने, सेवा नेपालका केन्द्रिय सदस्य शारदा रायमाझी, लुम्बिनी प्रदेश सहसचिव तुल्सी थापा, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी, मुहान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष लिला अधिकारी, गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष सिमा सिंजापति, बैक साथी सुनौला के.सीले बैंक मार्फत हुने लगानी प्रकृया, धितो मुल्यांकन, बैंक  परिचालन, बीमा, वित्तिय साक्षरता र व्यवसायिक बैठक लगायतका विषयमा छलफल गर्नु भएको थियो । हेफर ईन्टरनेशन नेपालको सहजीकरणमा गरिएको लगानीको अवस्था, अवसर र चुनौतिको विषयमा हेफर ईन्टरनेशन नेपालका वित्तिय अधिकृत नागेन्द्र भट्टले प्रस्तुत गर्नु भएको थियो । बुटवलमा आयोजित कार्यक्रमको सहजीकरण हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

भोजपुर १ मा ब्याटल अफ द ब्यालोट क्रम संख्या १२ का शेरधन राईलाई ८ का युवराज थापाको टक्कर

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host