ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विश्वकै पहिलो कृषि रियालिटी गेम शो र


विश्वकै पहिलो कृषि रियालिटी गेम शो र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं ।  विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गोदावरीको लेलेमा सम्पन्न भएको छ। गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी ली.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी ली.का प्रबन्ध निर्देशक भरत राज ढकाल, इसीमोडबाट डा.टाशी शेर्पा, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० का अध्यक्ष शेखर न्यौपाने र कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न संघ-संस्थाहरुबाट प्रतिनिधिहरु, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय स्तरबाट धिमेबाजा तथा स्थानीय संस्कृति झल्किने गीत, असारे गीत तथा नृत्य प्रदर्शन गरिएको थियो।

कार्यक्रमबारे बोल्दै कृषि रियालिटी शो रका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले किसानलाई सेलीब्रीटी बनाउने तथा कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने उद्देश्यले अगाडि बढेको कृषि रियालिटी शोले प्रत्येक वर्ष असार १५ मा देशको विभिन्न स्थानमा धान दिवस मनाउने तथा मनोरञ्जन मार्फत जागरण फैलाउने उद्देश्य बोकेको जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै रियालिटी शोका महाहोस्ट तथा महानायक राजेश हमालले हामीले आफ्नो पृष्ठभूमि तथा कृषिको महत्त्व बिर्सिन थालेको, युवाहरू पलायन हुन थालेको जसको फलस्वरूप देश खाद्यान्नमा परनिर्भर हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो। रोपाइँमा, टग अफ वार खेल लगायतका विभिन्न गतिविधिमा संलग्न भई महानायक राजेश हमालले सबैको हौसला बढाउनु भएको थियो।

ADVERTISEMENT

त्यसै गरि मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकालले युवाहरूलाई कृषि क्षेत्रमा संलग्न गराउन यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने तथा अब परम्परागत कृषि भन्दा माथि उठेर प्रविधिको प्रयोग गरी कृषि क्षेत्रलाई उकास्न सकिने बताउनु भएको थियो। कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्राविधिक टोलीले ड्रोन मार्फत तरल मल छर्ने प्रविधि प्रदर्शन पनि गरेको थियो। कार्यक्रमबारे बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले देश विकासमा टेवा पुर्‍याउन कृषि तथा पशुपन्छी विकासमा गोदावरी नगरपालिकाले विशेष पहल गर्दै गरेको तथा आगामी आर्थिक वर्षमा थप पहल गर्ने जानकारी गराउनु भयो।

गत वर्ष असार १५ कै दिन ललितपुरको खोकनामा एक विशेष कार्यक्रम गरी कृषि रियालिटी गेम शो रको आवेदन आह्वान गरिएको थियो। कार्यक्रममा देशभरिको ७७ वटै जिल्लाहरूबाट १६८२ जनाले आवेदन दिएका थिए। जसमध्ये शीर्ष १०० जनालाई व्यक्तिगत अन्तरवार्ता चरण, तालीम तथा जनसम्पर्क विस्तार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूमा समावेश गरिएको थियो। शीर्ष १०० बाट शीर्ष १२ किसान तथा शीर्ष १२ कृषि प्राविधिकहरूको सहभागिता रहेको कार्यक्रमको ६ वटा एपिसोडको छायाङ्कन शंखरापुर नगरपालिकाको कात्तिकेमा सम्पन्न भएको थियो। कार्यक्रम हिमालय टेलिभिजन तथा ओएसआर रियालिटीबाट भदौमा प्रसारण हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host