उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् । यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन ।
“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।” टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
