ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं / यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार र समावेशिताको आवाज बोकेर अघि बढ्दै आएकी नुमा लिम्बु (चञ्चला)ले अन्तर्राष्ट्रिय स्तरमा गर्वको अर्को उपलब्धि हासिल गरेकी छन्। उनी टियुआई फ्युचर शेपर्स ग्लोबल – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन नवप्रवर्तनकर्ता कार्यक्रममा आधिकारिक रूपमा छनोट भएकी हुन्। यो कार्यक्रम अन्तर्राष्ट्रिय समावेशी पर्यटन सङ्घ (IGLTA) फाउन्डेसन र टियुआई केयर फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको हो। यसको उद्देश्य कानुनी सुरक्षाको पहुँच अझै सीमित रहेका मुलुकहरूका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई सशक्त बनाउँदै समावेशी पर्यटन प्रवर्द्धन गर्नु हो।

अब नुमा नेपाल, भारत, केन्या, पेरु, मोरक्को लगायत २० भन्दा बढी मुलुकका नवप्रवर्तनकर्ता सहभागीको समूहमा जोडिँदै समावेशी, गरिमायुक्त र समुदायमुखी पर्यटनको परिकल्पनालाई नयाँ उचाइमा पुर्‍याउन लागेकी छन्।कार्यक्रम अन्तर्गत नुमाले समावेशी पर्यटनसँग सम्बन्धित विविध व्यावसायिक सीप तथा अन्तर्राष्ट्रिय अवसरहरू प्राप्त गर्नेछिन्। उनी अब वित्तीय व्यवस्थापन, डिजिटल प्रवर्द्धन र ग्राहक सेवासम्बन्धी प्रशिक्षणमा सहभागी हुँदैछिन्। साथै, पर्यटन क्षेत्रका विश्वस्तरीय नेतृत्वकर्ता र विज्ञहरूबाट प्रत्यक्ष सल्लाह, मार्गदर्शन र अभिमुखीकरण पाउनेछिन्।

यसै गरी, नुमा अन्तर्राष्ट्रिय समावेशी पर्यटन सङ्घ (IGLTA) अन्तर्गत १३ हजारभन्दा बढी समावेशी पर्यटन व्यवसायहरूसँग जोडिने अवसरसमेत प्राप्त गर्दैछिन्, जसले भविष्यमा उनी नेतृत्व गर्ने समावेशी परियोजनाहरूका लागि अन्तर्राष्ट्रिय सहयोग र सञ्जाल विस्तारको ढोका खोल्नेछ।उक्त कार्यक्रमकै हिस्सा स्वरूप, सन् २०२६ मा स्पेनको सेभिलमा आयोजना हुने अन्तर्राष्ट्रिय समावेशी पर्यटन महासम्मेलनमा उनी सहभागी भई आफ्ना दृष्टिकोण, योजनाहरू र नवप्रवर्तनात्मक परियोजनाहरू प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर समेत प्राप्त गर्नेछिन्। यो सहभागिताले नेपाली समावेशी पर्यटनलाई अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।

नेपालका लागि यो उपलब्धि नुमाको व्यक्तिगत सफलताभन्दा पनि एक ऐतिहासिक मोड हो भन्ने धारणा संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको छ। इन्द्रेणी पर्यटन प्रवर्द्धनमा सांस्कृतिक राजदूतको भूमिका समेत निर्वाह गरिरहेका पन्तले समावेशिता, गरिमा र समुदायप्रतिको दृष्टिकोणसहितको पर्यटन अघि बढाउने यो यात्रामा नुमालाई शुभकामना दिएका छन्।

पन्तले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “नेपालको पहिचानलाई विश्वमञ्चमा झल्काउने यो प्रेरणादायी सफलताका लागि नुमा लिम्बुलाई बधाई !”

यस उपलब्धिपछि नुमाले आफ्नो सार्वजनिक प्रतिक्रिया दिँदै सुनिल बाबु पन्तप्रति गहिरो सम्मान र कृतज्ञता प्रकट गरेकी छन्। फेसबुकमा उनले लेखेकी छन्, “समुदायका हामी सबैका आदरणीय, सुनिल बाबु पन्त दाइ — हजुरको आशीर्वाद र शिक्षाबाट जीवनको बाटोमा अघि बढ्ने साहस पाएँ। हरेक पाइलामा हजुरको छाया, हरेक निर्णयमा हजुरको मार्गदर्शन साथ भएको अनुभूति हुन्छ। आज पनि यही छत्रछायामा, म सिक्दै छु, बढ्दै छु र निर्माण हुँदै छु। यदि कहिल्यै बाटो बिराएँ भने, कृपया फेरि सम्झाइदिनुहोला, किनभने हजुरको सम्झाइमा माया लुकेको हुन्छ।”

गुरुप्रतिको सम्मान प्रकट गर्दै उनले थप लेखेकी छन्, “हजुरको माया, आशीर्वाद र प्रेरणाप्रति सधैँ नतमस्तक छु। शब्दहरूमा सीमित धन्यवादभन्दा मनको गहिराइबाट ‘धन्यवाद’ भन्न चाहन्छु।”

नुमा लिम्बुको यो भावुक अभिव्यक्तिले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र नेतृत्व, शिक्षालय र प्रेरणाका पात्रहरूको भूमिकालाई थप उजागर गरेको छ। विशेषतः नेपालमा समावेशी पर्यटन र लैङ्गिक विविधताको आन्दोलनमा सुनिल बाबु पन्तको योगदानप्रति श्रद्धा प्रकट गर्ने यो अभिव्यक्ति एक ऐतिहासिक यात्राको दस्ताबेज बनेको छ। गत वर्ष पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै पहिलो पटक इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गरेको थियो, जसले समावेशी पर्यटन प्रवर्द्धनमा नयाँ ढोका खोलिदिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host