ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बागमती नदी ६ महिनामा निर्मल हुने


बागमती नदी ६ महिनामा निर्मल हुने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं ,२८ असार/एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन्। त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा.डा. भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै दुषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट आइसकेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क प्रा.डा. भट्टले प्रस्तुत गरे।

अमेरिका तथा अन्य देशहरूमा भएको अनुसन्धानमा सम्मिलित भएर विभिन्न व्यवहारिक प्रविधिहरू विकास गरिसकेका प्रा.डा. भट्टले आफ्नै व्यक्तिगत पहलमा काठमाडौंको बागमती नदीको प्रदुषणको अध्ययन गरिरहेको र के कति कारणले उक्त नदीको पानी दुषित भइरहेको भन्ने विषयमा तथ्याङ्कको विश्लेषण समेत प्रस्तुत गरे। कुनै समयमा अहिलेको बागमती भन्दा आठ गुणा बढी प्रदुषित फ्रान्सको सीन नदी प्रविधिकै प्रयोगबाट केही दिन अगाडि निर्मल भएको घोषणा गरी सर्वसाधारणको लागि नदीमा पौडिन खुला गरेको छ। युरोपको राइन नदी कुनै बेला अहिलेको बागमती भन्दा कयौं गुणा बढी प्रदुषित थियो तर अहिले निर्मल भई पौडिन योग्य भएको छ।

ADVERTISEMENT

विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान विषयमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, तथा नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। मूल प्रस्तुती पश्चात त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरूले आआफ्नो थेसिसको विषय गोष्ठीमा प्रस्तुतिको विषयसँग सम्बन्धित भएकोले विभिन्न जिज्ञासाहरू राखेका थिए। नेपालका विद्यार्थीहरूले विद्यावारिधी वा अनुसन्धानका प्रस्तावहरू पेश गरेमा सकारात्मक तवरले विश्वविद्यालयमा सिफारिस गर्ने तथा नेपालीहरूसँग अनुसन्धानमा सहकार्य गर्न तत्पर रहेको जानकरी दिँदै प्रा.डा. भट्टले आफ्नो ज्ञान तथा सीपको प्रयोग नेपाल गर्न सकिने बताए। जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको उक्त गोष्ठी कार्यक्रम पश्चात एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रा.डा. माया प्रकास भट्टलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host