ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन


प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

धनुषा, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस नवनिर्मित भवन समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने मधेश प्रदेश सरकार लगायत भवन निर्माण कार्यमा योगदान पुर्‍याउने महानुभावहरू प्रशंसाको पात्र भएको चर्चा गर्दै यस नवनिर्मित कार्यालयबाट आउँदा दिनमा सेवाग्राहीलाई प्रहरीले दिने सुविधा अझ छिटो, छरितो एवम् व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रहरीले आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै नवनिर्मित भवनले आम नागरिकहरूमा प्रहरी सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो ।

ADVERTISEMENT

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रचलित कानूनको अधिनमा रही शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै प्रभावकारी सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा थप मनोबल र उत्प्रेरणा वृद्धि हुने बताउँदै सीमा अपराध, चोरी निकासी, लागूऔषधको कारोबार लगायतका अपराध नियन्त्रण तथा वस्तुनिष्ठ अनुसन्धानमा सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी दत्तचित्त भएर कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मधेश प्रदेश सरकार, गृह संचार तथा कानून मन्त्रालय जनकपुर धामको बजेटबाट कुल २३ करोड ५४ लाख ८८ हजार ९ सय ११ रूपैयाँ ४१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा मधेश प्रदेशका सभामुख, प्रदेशका मन्त्रीहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, मधेश प्रदेशका प्रमुख सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू एवम् आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host