संगिता सुबेदी/ काठमाडौँ । मासिक १०० अभियान नेपालको नवौं वार्षिक साधारण सभा एवं जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ६८औं श्रृङ्खला भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रेडियो कर्मी अच्युत घिमिरे (बुलबुल), सभापति संस्थाका तत्कालीन अध्यक्ष सन्जय पोखरेल, विशेष अतिथि राजिव थापा (गोकर्णेश्वर–९ का वडाध्यक्ष) लगायत समाजसेवी, बुद्धिजीवी तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभापति संजय पोखरेलले संस्थाको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नु समाजका लागि महत्वपूर्ण सन्देश भएको उल्लेख गर्दै भने, “आज मासिक १०० अभियान नेपालको नवौं वार्षिक साधारण सभाबाट, ९ वर्षसम्म अध्यक्षको जिम्मेवारी बहन गर्दै मुटुको टुक्रा सरि मानेको यस पवित्र संस्थालाई माया र सद्भाव सदैव गर्ने प्रतिज्ञा गर्दै पद हस्तान्तरण गरेको छु । यो केवल पद हस्तान्तरण मात्र नभई संस्थालाई अर्को पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ भन्ने सन्देश पनि हो।”कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमिति निर्वाचित गरिएको छ, निर्वाचित कार्यसमितिहरु-
क्रमशः-
१)अध्यक्ष – विकास श्रेष्ठ २) उपाध्यक्ष – जगन्नाथ चालिसे
३) सचिव – संगिता सुवेदी
४) कोषाध्यक्ष – सुयन पौडेल
५) सदस्य – सुरेश सुवेदी
६) सदस्य – सुदिक्षा भण्डारी
७) सदस्य – देवकी अधिकारी
८) सदस्य – प्रतीक चापागाईँ
९) सदस्य – शिव ठकुरी
सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना एवम् बधाई ।











