भदौ, काठमाडौं / संगिता खतिवडा _
सम्पादकीय।
नेपाल विसंगति र विकृतिले यस्तो हालतमा पुगेकाे छ कि उपल्लो मुलुकका केटाकेटी र बच्चाहरुले पनि गिज्याउन थालेका छन् आजकल । विश्वमा कुनै समय आफ्नो बहादुरी र पराक्रमले चिनाएकाे देश राज्य सत्ता प्राप्तिका लागि शक्ति संघर्ष र आन्तरिक द्वन्दले कहिल्यै माथि उठ्न सकेन। आन्तरिक कलह र झगडाका कारण वल्लाे घर र पल्लो घरका छिमेकीले तमासा हेर्दै छेउ – छेउबाट कप्दै र लुछ्दै गरेकाे पत्तो नै पाएनन्। आज यस्तै किचलो ,आन्तरिक राजनीति प्रतिशाेत,घर झगडाले गर्दा सबै नेपाली जनतालाई अस्थिरता ,कमजोरी , भयभित,आक्राेश, चिन्तित , गरिब,बेसाहारा , दुःखी बनाईरहेकाे छ। तसर्थ कुनैपनि तन्त्र र वाद ल्याउँदैमा शुशासन हुँदैन,शुशासन हुन जनता स्वयं शुशासित हुनुपर्छ ।” त्यसैले विभिन्न कालखण्डमा भएका ठुला संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र ढाल्ने हाेईन,एतिहासिक दस्तावेज र अभ्यासबाट निर्माण गरिएको संविधानकाे विराेध गर्ने हाेईन ” सकिन्छ भने बरु,गुन्डा, तस्कर, दलाल, भ्रष्ट, लुटेरा, फटाहा,स्त्रीलम्पट नेता ढाल्नु पर्याे। गणतन्त्र बेठीक छैन, गणतन्त्रकाे दुरुपयोग गर्ने अनुहार नपरेका दलालहरु बेठीक हुन्।
गणतन्त्र आफैंमा एउटा सुन्दर पक्ष हाे। यसकाे उपयोग गर्न नजान्नु र नसक्नु जनता र नेताकाे कमजोरी हाे। गणतन्त्रले सबैलाई फुल्ने फक्रने अवसर दिएकाे छ,कसैकाे आश भरमा रहनु पर्दैन। याे सुनाैलाे अवसरकाे उपहार स्वरुप घरघरबाट,बस्ती बस्तीबाट, गाउँ गाउँबाट,शहर शहरबाट उठाैं जागाैं निश्कलङ्क, ईमानदार, त्यागी, विकास प्रेमि,मन चाेखाे विचार पवित्र भएको ,समाजशास्त्र र राजनीति- शास्त्रकाे ज्ञाता भएकाे सक्षम नेतृत्वकाे खाेजी गराैं र अन्धकारबाट उज्यालोलाई पछ्याउँदै जिवनलाई सुगन्धित हुने गरि भावि सन्ततिलाई नकारात्मक र भ्रमित साेचहरुबाट मुक्त बनाई एउटा सुन्दर,न्यायाेचित, शुशासित,सभ्य, विकसित र आधुनिक समाजको निमार्ण गर्न हामी सबै डिलज्यानले लागाैं। जहिले पनि नकारात्मक साेचभन्दा सकारात्मक साेच लाई अगाडि बढाउँदै जानुपर्छ ।
देशमा देखिएकाे राजनीति अस्थिरता, संकट,कमजोर प्रशासन,आर्थिक र सामाजिक दुर्बलता, जातित्ववाद, कुसंस्कार,धार्मिक अन्धविश्वास, लगायतका थुप्रै मानवीय चरित्रका व्यवहार र प्रक्रियाहरु छन् त्यस्ता रुढीबादी र परिवर्तन गर्न नसकिएका प्रथालाई हटाउदै जानुपर्छ ।
आजकाे युग सामाजिक सञ्जालबाट सञ्चालन हुने युग हाे। जताततै भएका राम्रा नराम्रा सबै कुराहरु सेकेन्ड भरमै थाहा पाउन सकिन्छ।सुबिधा र सरलताकाे रुपमा प्रविधिले मान्छेलाई महिनाैं दिन लाग्ने काम पनि सेकेन्डभरमै सकिदिने अवस्थामा पुर्याएकाे छ। तर यसकाे दुरुपयोग बढ्दै छ ,भ्रामक सामग्री आम दर्शकवृन र स्राेतामाझ पुगिरहेकाे खबर सामाजिक सञ्जालबाटै प्राप्त भईरहेकाे पाईन्छ । तसर्थ सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले यसमा ध्यान दिनु आवश्यक छ। यसरी धेरै काेणबाट हेर्ने हाे भने मानवीय जीवन वर्तमान अवस्थामा पुर्ण रुपले यान्त्रिकिकरण र प्रविधियुक्त बनेको प्रष्ट छ।
२०८२/भदौ १७ /काठमाडौं ।












