काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई आफूलाई रुपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने किसिमले सिघ्र एवं गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनु आग्रह गरेका छन्। त्यस्तै भ्रष्टाचार नियन्त्रण गरी समृद्ध र सुशासनयुक्त नेपालको निर्माणका लागि एकजुट भएर लाग्न अपिल गर्दै सरकारले कर्मचारीहरुको कानून बमोजिमका सेवाका सर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा, सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिएकाे प्रेस विज्ञप्तिमा जनाएको बताए । विज्ञप्तिकाे मुलभुत सार-:












