सन्ताेष प्रसाद तिवारी
/२०८२/६/१२ ,काठमाडौं । सामाजिक सञ्जालबाट जति सस्ताे र हलुकाे कुराहरु पाेष्ट भएको र आवाज सुनिन्छ, नेपालकाे राजनीतिमा कसकाे कस्ताे भुमिका छ,आजसम्म ठाेस सबुत कसैले पनि पाएकाे छैन,न दलले,न पत्रकारले,न अभियान्ताले, न राजनीतिक विश्लेषक बुद्धिजीवी र कर्मचारीले , न कुनैपनि कुटनैतिक नियाेगका प्रतिनिधिले यी सबै अनुमान र
ह्विपकाे भरमा यस्तो उस्तै सञ्चालित भनेर अल्मलिएका छन्।
वास्तविक कुरा साेझाे र सजिलाेछ,जमात र भिड त्याे
भिडलाई वशिकरण जसले गर्न सक्याे उसैको। वनकाे बाघले खाओस् नखाओेस् मनकाे बाघले पहिल्यै खाएकाे अनुभूति आजकाे संघर्षमा मात्र हाेईन हिजो देखिको संघर्षमा छ। यहाँ विदेशी चलखेल भन्ने,अदृश्य शक्ति भन्ने,,गेम चेन्जर भन्ने,ठुलो षड्यन्त्र गर्दै र याेजना बनाउदैछ भन्ने,यी सबै भ्रम हुन र यहि भ्रम र यस्ता खालका मानसिकतालाई जाे काेहिवा समूह वा
भिडले अस्तव्यस्त तरिकाले प्रयाेग गर्छ र मान्छेको भिडबाटै स्वघाेषित लिडर बन्छ र उहीँ अन्तिम विकल्प बन्छ।
नेपाल देशमा मात्र हाेईन विश्व भर नै यस्तै प्रक्रिया आधुनिक तर सन्कि मान्छेहरुबाट चल्दै आएकाे छ, याे निरन्तर चलिरहन्छ। यदि जाेकाेहि पात्रलाई षड्यन्त्रको सबै कुरा पहिले नै थाहा छ भने,किन उ सतर्क हुन सक्दैन र पुर्व तयारी गर्न सक्दैन ,र फेरि नेतृत्व पनि गर्न सक्दैन यस्तै मिठ्या र कपाेकल्पित भ्रम सिर्जना
गर्दै अशान्तिकाे रंगमञ्चमा मान्छे मान्छेकाे प्रतिस्पर्धा र जुधाई बाहेक अरु लाभ शुन्य नै हुन्। त्यस्ता कृत्रिम लाभ न फलदायी हुन्छन् ,न मानवीय सन्तुष्टि तृप्त हुन्छन् ति सधैं अस्थिर हुनेछन्।











