ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल लेखापढी व्यवसायीले मनायो ३१ औं वार्षिकोत्सव


नेपाल लेखापढी व्यवसायीले मनायो ३१ औं वार्षिकोत्सव
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं,असोज २८ । लेखापढी व्यवसायीहरुको छाता संगठन नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले मंगलबार ३१ औं वार्षिकोत्सव मनाएको छ । एसोसिएसनले आफ्नै केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा भेला गरी वार्षिकोत्सव मनाएको महासचिव हरिप्रसाद पौडेलले बताए । पौडेलका अनुसार वार्षिकोत्सवको अवसरमा छलफलसँगै समसामयिक विषयमा अन्तरक्रिया पनि भएको छ । एसोसिएसनले शुभ दीपावली, छठ पर्वका साथै नेपाल सम्वतको पनि शुभकामना आदानप्रदान गरेको छ ।

एसोसिएसनका निवर्तमान महासचिव कृष्णप्रसाद दाहालले एसोसिएनले यहाँसम्म आइपुग्दा भोगेका विषयबारे जानकारी गराएका थिए । उनले विभिन्न समयमा एसोसिएसनले संघर्ष गरेको र त्यसबाट प्राप्त उपलब्धिलाई आत्मसात गर्दै अगाडि बढेको बताए । उनले वार्षिकोत्सवले संस्थालाई थप गतिशील बनाउने विश्वाससमेत व्यक्त गरे । संस्थाका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालले निकै संघर्षका बीच संस्था यहाँ सम्म ल्याउन सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे । उनले जुनसुकै परिस्थितिको सामना गर्नुपरे पनि एसोसिएसन एकमत भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हाम्रो व्यवसायलाई मानिसले राम्रो ढंगले हेरेका छैनन्, हामीमा के समस्या छ त्यो सच्याउनुपर्छ र सबैको नजरमा राम्रो हुनेगरी काम गरेर हामीले देखाउनुपर्ने चुनौती छ ।’ तीन पटकसम्म अध्यक्ष भएर नेतृत्व गरेका ढकालले एसोसिएनलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएकोमा गुनासो गरे ।
एसोसिएसनका अध्यक्ष सिताराम दाहालले एसोसिएन सँग धेरै चुनौती भए पनि सामना गर्दै अघि बढेको बताए । उनले नेपाल बार एसोसिएसनले आफ्ना मागलाई सकारात्मक रुपले हेरेको बताउँदै केही दिनमै साझा लक्ष्य प्राप्तिका लागि आवश्यक परे सबैसँग समन्वय गर्न तयार रहनसमेत सबैलाई आग्रह गरे ।

ADVERTISEMENT

‘हामी एकातिर व्यवसाय गर्छौ भनें अर्कोतिर सामाजिक कार्यमा पनि संलग्न रहेका छौं भन्ने देखाउनुपर्ने छ त्यसका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेलौं’ अध्यक्ष दाहालले भने ‘हामीभित्र केही समस्या भए बसेर छलफल गरौं, एकजुट भएर सामूहिक हितका लागि अघि बढ्नु आजको आवश्यकता हो ।’ अध्यक्ष दाहालले एसोसिएसनको पोखरा इकाई समितिको अगुवाइमा त्यहाँको मालपोत कार्यालय आजबाट चालु भएको खुशी पनि व्यक्त गरे । ‘हाम्रो पहलमा नै अरुसमेतको सहकार्यमा मालपोत कार्यालय संचालनमा आएको छ त्यसैले यसलाई हामीले जस्ताको त्यस्तै प्रचार गर्न र बुझाउन सक्नुपर्छ’ उनले भने ‘मैले कलंकी मालपोत र नापी कार्यालयमा पनि साथीहरुलाई चिठी र निवेदनमा सहयोग गर्दा शुल्क नलिन आग्रह गरेको छु ।’

उपस्थितहरुले आगामी चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । एसोसिएसनले सबै जिल्ला र इकाई समितिले पनि वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्र गरेको जनाएको छ । २०५२ साल असोज २७ र २८ गते भएको पहिलो भेलाले केशव नेपालको संयोजकत्वमा नेपाल लेखापढी व्यवसायी समितिको नामबाट यो संस्था एक भएको थियो । पहिलो महाधिवेशनले नवराज पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । २०६३ जेष्ठ २९ गतेबाट यसको नाम नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएन भएको हो । वैशाख तेस्रो सातामा ललितपुरमा भएको महाधिवेशनले दाहाललाई अध्यक्षमा तेस्रो पटक निर्वाचित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host