काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको पाईन्छ । भदौ महिनामा ५.४६ %विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिकमा ५.२० % विन्दुमा झरेको छ। यस्तो निक्षेपमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.२६% विन्दु घटेको हो। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको हो। ६ वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर %-टेबुलमा हेराैं:

बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.२२ % विन्दुले घटाएका छन्।कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर १ % विन्दुले घटाएका हुन्। नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने यी दुबै निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।











