ADVERTISEMENT
काठमाडौं । भारतबाट आयात मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।
ADVERTISEMENT
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य १६१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १४७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। निगमले जनाएको अनुसार समायोजित मूल्य शनिबार राति १२ बजेदेखि देशभर लागू हुनेछ।












