ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर


सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थापनका जटिल मोड पार गर्दै आएको कांग्रेस आज आफ्नै संरचनात्मक कमजोरी, नेतृत्व हस्तान्तरणको असमर्थता, गुटगत दबाब र जनविश्वासमा आएको गिरावटका कारण आत्म–पुनरावलोकन गर्न बाध्य भए पनि मूल नेतृत्व यसप्रति अनुदार देखिन्छ । ठूलै दवावकाबीचच पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय भए पनि यो हुन्छ नै भन्ने ग्यारेन्टी अझै छैन । भावी नेतृत्वका आकांक्षा राख्नेहरुमध्ये पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वाद र समर्थन पाउने भाग्यमानी को हो भन्ने अझै यक्किन छैन ।
संस्थापत पक्ष र इतरपक्षबीचको वैचारिक विमतिकाबीच देउवाको उत्तराधिकारी देउवाकै सगोलका, उनकै खल्तीका नेता हुने हुन् वा नयाँ पुस्ता नै आउने हो गम्भरि चासो त छँदैछ यसका अतिरिक्त पार्टीभित्र वैचारिक दिशा, नेतृत्व चयन र संगठन पुनर्संयोजनको गहिरो प्रश्न पनि उठिरहेको छ ।
कांग्रेसले इतिहासमा असंख्य राजनीतिक उपलब्धिहरू हासिल गरेको छ । तर विगतका गौरवमय अध्यायहरूले आजको राजनीतिक वास्तविकता ढाकछोप गर्न सक्दैनन् ।
जनता विशेषतः युवा पुस्ताले कांग्रेसलाई आजको परिस्थितिमा केवल इतिहास बनाउने पार्टी होइन भविष्य निर्माण गर्ने पार्टीको रूपमा हेर्न चाहे पनि त्यसका आधारभूत पूर्वाधारहरू पार्टीभित्र पर्याप्तरूपमा देखिन सकेका छैनन् । यही अन्तरले कांग्रेसलाई पुनर्विचार, पुनर्गठन र पुनर्स्थापना गर्ने आवश्यकतामा ल्याइपुगेको हो । नेतृत्व संरचनामा धेरै समयदेखि देखा परेको व्यक्तिवाद, निर्णय प्रक्रियाको केन्द्रिकरण, संगठनमा समान सहभागिताको अभाव र गुटगत प्रतिस्पर्धाबाट बढेको अविश्वास यी सबै समस्याहरूले कांग्रेसलाई थकित, अव्यवस्थित र वैचारिक रूपमा अस्पष्ट पार्टीका रूपमा प्रस्तुत गरिदिएको छ । विशेषतः युवा पुस्ताले बारम्बार उठाउँदै आएको प्रश्न “कांग्रेसले किन नयाँ नेतृत्वलाई संस्थागत रूपमा उकास्न सकेन ?” नेपालको राजनीतिक मनोविज्ञानकै एउटा जटिल समस्या हो । पार्टीभित्र नयाँ पुस्तालाई अवसर नदिने मात्र होइन उपलब्ध अवसरहरूलाई पनि गुटगत समीकरणले सीमित गरिदिएको आरोप लामो समयदेखि दोहोरिँदै आएको छ । यही कारण कांग्रेसमा ‘नेतृत्वको पुनरावर्तन’ एक सामान्य परिघटना बन्न पुग्यो जसको प्रभाव निर्वाचन तयारी सरकारी व्यवस्थापन र जनसरोकारका विषयमा पार्टीको विश्वसनीयतामा प्रत्यक्ष पर्यो ।
समकालीन राजनीति युवापुस्ताको चेतनाले निर्णायक रूपमा प्रभावित भइरहेको छ । सामाजिक संजाल शुरू भएको असन्तुष्टि आज सडक, क्याम्पस, कार्यस्थल र नीतिगत बहससम्म विस्तार भइसकेको छ । नयाँ पुस्ता विशेषतः जेनजी सजग, तथ्यकेन्द्रित, पारदर्शितामा आस्थावान र वैचारिक अस्पष्टता सहन नसक्ने प्रवृत्तिको रूपमा देखिन्छ । उनीहरू दलको ऐतिहासिक विरासत होइन आजको कार्यशैलीका आधारमा समर्थन वा विरोध तय गर्छन् । यही कारण कांग्रेसभित्र पनि जेनजीको आह्वानले पार्टीको आन्तरिक संरचनालाई चुनौती दिइरहेको छ । यो पुस्ता पुराना अनुहारहरूको स्वतः पुनरावृत्ति होइन निष्पक्ष प्रतिस्पर्धाबाट उद्ने विषय आधारित राजनीति गर्ने आधुनिक प्रशासनिक र आर्थिक दृष्टिकोण राख्ने नेतृत्व चाहन्छ । देउवा नेतृत्वको समग्र मूल्याङ्कन गर्दा उपलब्धि र कमजोरी एकैसाथ देखिन्छन् । उनको राजनीतिक यात्राले शान्ति प्रक्रिया, संविधान निर्माण, राजनीतिक संक्रमणको व्यवस्थापन र कठिन समयमा पार्टी तथा देशलाई सम्हाल्ने क्षमतामा गहिरो छाप बनाएको छ । तर, नेतृत्व संक्रमणको स्पष्टता नल्याएको, संगठनलाई समयअनुसार आधुनिकीकरण गर्न ढिलो गरेको र युवा पुस्तालाई निर्णायक तहमा ल्याउन नसकेको आरोप बराबर देखिन्छ । आज महाधिवेशनको संघारमा देउवा नेतृत्व परिवर्तनको चर्चा तीव्र हुनु केवल राजनीतिक बहस मात्र होइन यो पार्टीभित्र दह्रो संरचनात्मक रूपान्तरण चाहिएको संकेत पनि हो ।
कांग्रेसका अन्य पदाधिकारीहरूको भूमिकाले पनि वर्तमान स्थिति निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । उपसभापति, महामन्त्री, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिका सदस्यहरूको गतिविधि मूल्याङ्कन गर्दा स्पष्ट हुन्छ कि पार्टीभित्रको निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको छ । धेरै संरचना औपचारिक रूपमा अस्तित्वमा भए पनि व्यवहारिक भूमिका कमजोर छ ।
भातृ–संगठनहरू— नेविसंघ र तरुण दल आन्तरिक विवाद, नेतृत्वको पुनरावृत्ति र स्पष्ट कार्यदिशा अभावका कारण कमजोर बने यसले पार्टीलाई नयाँ ऊर्जा, नया विचार र निरन्तर राजनीतिक प्रशिक्षित जनशक्ति उत्पादन गर्ने क्षमताबाट वञ्चित गरिदियो । यही कारण कांग्रेसभित्र आएका धेरै नयाँ राजनीतिज्ञ समयमै उदाउन सकेनन् र उदाएका पनि प्रायः गुटगत समीकरणबाट आफ्नो अस्तित्व बचाइराख्न बाध्य भए । यद्यपि कांग्रेसभित्र केही नेतृत्व समूहले हालका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने संकेत देखिएका छन् । तीमध्ये गगन थापा सबैभन्दा चर्चित नाम हो । उनको स्पष्ट, तथ्य आधारित राजनीतिक शैली, संसदमा प्रस्तुत हुने विश्लेषणात्मक क्षमता, सुशासन र सार्वजनिक जवाफदेहितामा आधारित धारणा र संस्थागत सुधारप्रतिको अडानले उनलाई केवल कांग्रेसभित्रका युवा नेताको रूपमा होइन राष्ट्रिय स्तरमा ‘भावी नेतृत्व’का रूपमा चिनाएको छ ।
थापाभित्रको ऊर्जा, सामर्थ्य र नीतिगत समझले जेनजी पुस्तालाई नजिक बनाइदिएको छ र यही कारण धेरैले कांग्रेसको भविष्यको केन्द्र उनी हुनसक्ने ठान्छन् । तर गगन थापाको सम्भावित नेतृत्व मार्ग सजिलो छैन परम्परागत संरचना, गुटगत प्रभाव, नेतृत्व हस्तान्तरणमा हुने जटिलता र पार्टीभित्र अझै कायम रहेको शक्ति सन्तुलनका कारण उनी अगाडि बढ्ने प्रक्रिया चुनौतीपूर्ण बन्नसक्छ । उनले पार्टीभित्र संस्थागत सुधारको अभियानलाई दीर्घकालीन रणनीति बनाउन नसकेसम्म उनको लोकप्रियता मात्र नेतृत्व परिवर्तनका लागि पर्याप्त हुँदैन ।
डा. शेखर कोइरालाको भूमिका पनि कांग्रेसको राजनीतिक संरचनामा अत्यन्त निर्णायक हुने देखिन्छ । उनी सुधारवादी धारका प्रतिनिधि, परिपक्व राजनीतिक उपस्थितिका साथ ‘ब्रिज फिगर’को रूपमा उदाएका छन् जो पुराना नेतृत्व र नयाँ पुस्ताबीचको संक्रमण सहज बनाउन सक्षम देखिन्छन् । पार्टीभित्र वैचारिक सन्तुलन, संवाद, गुटगत विवाद समाधान र नेतृत्व परिवर्तनमा परिपक्व भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा शेखर कोईराला कांग्रेसका संक्रमणकालीन समयका ‘स्थिर केन्द्र’ हुनसक्छन् । उनले पार्टीका दुवै धार अनुभवी नेतृत्व र आधुनिक सोच बोकेका युवा पुस्तालाई एकताबद्ध राख्न सके पार्टीले आगामी राजनीतिक चुनौती व्यवस्थित रूपमा सामना गर्नसक्छ ।
कांग्रेसले अबका दिनहरूमा कुन बाटो लिन्छ भन्ने प्रश्न केवल संगठनात्मक निर्णय होइन देशको व्यापक राजनीतिक दिशासँग पनि जोडिएको छ । वर्तमान अवस्थामा कांग्रेसले पाँचवटा आधारभूत मोडेल अपनाउन सके मात्र पार्टी पुनर्जीवनको सुनिश्चित मार्गमा अघि बढ्नसक्छ । पहिलो नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप अनुभवी नेतृत्वको प्रत्यक्ष अनुभव र नयाँ पुस्ताको क्षमताबीच सन्तुलन स्थापित गर्दै निष्पक्ष आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने संरचनागत परिवर्तन । दोस्रो, संगठनको डिजिटल आधुनिकीकरण सदस्यता, रिपोर्टिङ, निर्णय प्रक्रियादेखि नीति विश्लेषणसम्म आधुनिक व्यवस्थापन प्रणाली अवलम्बन, तेस्रो गुटबन्दी नियन्त्रण नियमित आचारसंहिता, स्वचालित निगरानी र वैचारिक समूहलाई संस्थागत सीमाभित्र राख्ने प्रणाली विकास, चौथो, नीतिगत स्पष्टता कांग्रेस आज कसका लागि राजनीति गर्छ भन्ने प्रश्नमा स्पष्ट वैचारिक र कार्यनीतिक दृष्टि आवश्यक छ किनकि पार्टीले इतिहासमा लोकतन्त्रका लागि लडे पनि समकालीन शासन शैलीमा उसको वैचारिक पहिचान स्पष्ट हुन बाँकी छ । पाँचौँ, जेनजी पुस्तालाई केवल ‘टोकन’ होइन वास्तविक नेतृत्वको ढोका खोल्ने संरचनागत सुधार भातृ संगठन पुनर्गठन ३० वर्षमुनिका युवालाई निर्णय तहमा प्रवेश र पार्टीका मुख्य अभियानहरूको प्रत्यक्ष नेतृत्वका लागि सहज मार्ग निर्धारण भए मात्र कांग्रेसको गौरवशाली विगत पुनः स्थापित हुनसक्छ ।
नेपाली कांग्रेस अहिले “तीन पुस्ताको अदला बदली”को अत्यन्त संवेदनशील मोडमा छ । देउवा पुस्ताले संघर्ष र स्थिरताको विरासत बोकेको छ । शेखर कोईरालाको पुस्ताले संवाद, सुधार र सन्तुलन प्रस्तुत गर्छ । गगन थापासहितको नयाँ पुस्ताले आधुनिक राजनीतिक चेतना र भविष्यको नेतृत्वको आकांक्षा बोकेको छ । यी तीन तहबीच सहकार्य, सम्मान र रणनीतिक साझेदारी कायम गर्न सके कांग्रेस पुनः राष्ट्रिय राजनीतिक केन्द्र बन्नसक्छ । तर गल्ती दोहोरिने हो भने गुटबन्दी, अनुहार परिवर्तनको खेल र कार्य दिशाको अस्पष्टता दोहोरिने हो भने कांग्रेसबाट युवा पुस्ताको दूरी झनै बढ्दै जानेछ । यसैले कांग्रेसका लागि आजको मुख्य आवश्यकता एकै वाक्यमा सीमित गर्नुपरे भने गल्ती स्वीकार गर्ने साहस, सुधारको दृढता र भविष्यको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने राजनीतिक चरित्र हो । नेतृत्व परिवर्तनको अहिलेको बहस केवल राजनीतिक समाचार होइन यो पार्टीको भविष्यको अस्तित्व र पुनर्जीवनको आधार स्तम्भ बन्नसक्ने ऐतिहासिक क्षण हो । (लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

Corrupted Society

राजनीतिक स्थायित्व र स्वदेशमा राेजगार नै युवा पलायनको अन्त्य हाे ६ महिनामा १० लाख राेजगारी सिर्जना गर्न सकिने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host