ADVERTISEMENT
ADVERTISEMENT
२ पुस, २०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ । यस्तै युरो, पाउण्ड, स्विस फ्रयांकसहित अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि निर्धारण गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकले आवश्यकता अनुसार दर संशोधन हुन सक्ने जनाएको छ।











