काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १२% लाभांश दिने घोषणा गरेको छ। यसमा ५% बोनस शेयर र ७% नगद लाभांश (कर सहित) समावेश छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई कुल ८.४२% लाभांश दिने घोषणा गरेको छ। यसमा ४% बोनस शेयर र ४.४२% नगद लाभांश (करसहित) समावेश छ। पुस २ गतेको सञ्चालक समिति बैठकले निर्णय गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट चुक्ता पूँजीको ६.३१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई २०.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ।











