६ पाैष २०८२,काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश समावेश छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि लाभांश वितरण गर्ने।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि लाभांश वितरण हुनेछ।
कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदनपछि लाभांश वितरण हुनेछ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट १३.४३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १२.७६ प्रतिशत बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) समावेश छ। प्रस्ताव पुस ४ गतेको सञ्चालक समितिबाट पारित भएको हो।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समिति बैठकले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१–८२ का लागि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसअन्तर्गत १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीलाई वितरण गरिनेछ।











