नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट ३०% नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। लाभांश पारित गर्न पुस ३० गते काठमाडौंमा १८औँ वार्षिक साधारण सभा हुनेछ। पुस २०–३० गतेसम्म बुक क्लोज रहनेछ भने पुस १७ गतेसम्मका शेयरधनीले लाभांश पाउनेछन्।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट कुल १२% लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ८% बोनस शेयर र ४% नगद लाभांश (करसहित) रहेको छ। लाभांश पारित गर्न पुस ३० गते साधारण सभा हुनेछ। पुस १७ गते बुक क्लोज हुने भएकाले पुस १६ गतेसम्मका शेयरधनीले लाभांश पाउनेछन्।











