काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरिनेछ। कम्पनीले कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसमध्ये १८ लाख ७५ हजार कित्ता स्थानीयवासी र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।











