काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सोमबारदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयर स्वामित्व ७०:३० कायम गर्न कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ छ। निष्काशन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बन्द हुनेछ। लगानीकर्ताले न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।











