काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ तोकिएको छ। महासंघका अनुसार आज एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २०५ रुपैयाँले वृद्धि भएको हो।
यसअघि आइतबार सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका











