ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल प्रतिलिटर ३ रुपैयाँ घटेर १५६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटेर १३६ रुपैयाँ पुगेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले मूल्य समायोजन गरेको हो।











