काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे हुने भएको छ। माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरिसकेको छ।
सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक अनुमोदन गरिनेछ। साधारणसभा प्रयोजनका लागि माघ १५ गते एक दिन बुक क्लोज हुनेछ। माघ १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा सहभागिता हुन सक्नेछन्।













