काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौंको नागार्जुनमा अवस्थित श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.द्वारा उत्पादन तथा बिक्री गरिने “ब्ल्याक हर्स” ब्राण्डका विभिन्न किसिमका जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। विज्ञप्ति-:

सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी तथा श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.को तर्फबाट प्रबन्ध निर्देशक श्री चिन बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यबाट नेपाल बैंक लिमिटेडका खाता धारक ग्राहकहरू तथा कर्मचारीहरूले देशभर रहेका आधिकारिक विक्रेतामार्फत श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि.द्वारा उत्पादित “ब्ल्याक हर्स” ब्राण्डका जुत्ताहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने विश्वास लिइएको छ।













