काठमाडौं । निजामती कर्मचारीका ट्रेड युनियनमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारको उक्त निर्णय तत्काल कार्यान्वयनमा रोक लगाएको हो।
संवैधानिक इजलासमा रहेका पाँच न्यायाधीशमध्ये तीन जनाले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने राय दिएपछि आदेश जारी भएको हो। यद्यपि, इजलासमा रहेका दुई न्यायाधीशले भने अन्तरिम आदेश आवश्यक नरहेको मत व्यक्त गरेका थिए। अदालतको आदेशसँगै सरकारको प्रतिबन्ध सम्बन्धी निर्णय हालका लागि स्थगित भएको जनाइएको छ।











