विकास श्रेष्ठ,
काठमाडौं, जेठ १४ / शिक्षा नै उज्यालो भविष्यको आधार हो भन्ने विश्वासका साथ मासिक १०० अभियान नेपाल ले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन सहयोग गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानका अनुसार सानो सहयोगले धेरै बालबालिका -को अनुहारमा मुस्कान ल्याएको छ भने उनीहरूको शिक्षा र भविष्यप्रति नयाँ आशा जगाएको छ।
परिवर्तनको सुरुवात शिक्षाबाट नै हुने विश्वासका साथ अभियानले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र हौसला प्रदान गर्ने सबै सहयोगी, शुभेच्छुक तथा सरोकारवालाप्रति अभियानले हार्दिक आभार व्यक्त गरेको छ। अभियानले आजको सहयोग, भोलिको उज्यालो भविष्य” भन्ने सन्देश सहित शिक्षा क्षेत्रमा सहयोग र सामाजिक उत्तरदायित्वका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।







