ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न संस्थापक शेयरको प्रिमियम मूल्य निर्धारण


ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न संस्थापक शेयरको प्रिमियम मूल्य निर्धारण
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ साउन २०८३,विराटनगर। ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको रजिष्ट्रड कार्यालय बुढीगंगा गा.पा. वडा नं. ५  आज सम्पन्न विशेष साधारण सभाले २०%  शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो। आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक बर्षमा नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ। साथै विशेष साधारण सभाबाट कम्पनीको  संस्थापक शेयरको अंकित मुल्यमा  रु.१२५ प्रीमियम थप गरि मुल्य कायम गर्ने निर्णय गरेको छ।
सुदृढ वित्तीय अवस्था
ग्रिनप्लाई नेपालले छोटो अवधिमै प्लाइउड उद्योगमा उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि गर्दै वार्षिक कारोबार करिब रु. ४७.५ करोड पुगेको छ। कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ, जसले यसको सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन तथा व्यवसायिक स्थायित्वलाई पुष्टि गर्ने कम्पनीको दाबी छ।
ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ। निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याए बापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदान (Export Subsidy) समेत प्राप्त गर्दै आएको छ। कम्पनीले BIS Certification प्राप्त गरी भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गरिरहेको जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि उल्लेखनीय सुधार भएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ। यस अवधिमा रु. ६ करोड नयाँ शेयर पूँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (Net Tangible Assets) करिब रु. ८ करोड २० लाखबाट बढेर रु. २२ करोड ६० लाख पुगेको कम्पनीले जनाएको छ।
विस्तारमुखी रणनीति
कम्पनीका अनुसार ग्रिनप्लाई नेपाल गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड तथा फ्लस डोर उत्पादनमा केन्द्रित छ। आधुनिक प्रविधि, दक्ष व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा सुदृढ वितरण सञ्जालमार्फत कम्पनीले आफ्नो बजार विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ।
आवासीय, व्यवसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ।
कम्पनीले नेपालमा हुने प्लाइउड आयात प्रतिस्थापनमा योगदान पुर्‍याउँदै आन्तरिक माग पूरा गर्नुका साथै निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन मूल्य सिर्जना गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धतासहित उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।
संस्थापक तथा लगानी संरचना
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको ग्रीनप्लाई नेपाल लिमिटेडका अध्यक्ष प्रतिष्ठित उद्योगी जीवनप्रसाद रिजाल रहेका छन्। कम्पनीमा दिवाकर राठी, डगेन्द्र प्रसाद रिजाल, मनीष खेतान  सुनिल अग्रवाल तथा विवेक अग्रवाल लगायतको मुख्य लगानी रहेको छ। यसका अतिरिक्त स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड तथा हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय, सुदृढ वित्तीय अवस्था, अनुभवी नेतृत्व तथा स्पष्ट दीर्घकालीन रणनीतिका आधारमा ग्रिनप्लाई नेपाललाई नेपालको उत्पादन क्षेत्रमा उल्लेखनीय सम्भावना बोकेको कम्पनीका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाँच पाण्डव को गीतमा हरिवंशदेखि इभासम्म

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host