सुनको मूल्यमा एकैदिन ६ हजार ४ सय रुपैयाँको उछाल
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एकैदिन सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको अवस्था तथा माग–आपूर्तिको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले महँगिएर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ। सुन तथा चाँदीको मूल्यमा भएको पछिल्लो वृद्धिले उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।






