ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग


सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडाैं, जेठ ५ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । महासंघले होटलमा एम्आरपीसम्बन्धी व्यवस्था कायम हुन नसक्ने जनाएको छ । हालै काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको महासंघले जनाएको छ । महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदवहालीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खिमनारायण पराजुलीले व्यवसायीमाथिको धरपकडप्रति आपत्ति जनाएका छन् । ‘सरकारका सकारात्मक कामप्रति समर्थन र गलत कार्यप्रति हाम्रो खबरदारी रहने छ, तर व्यवसायीलाई अनावश्यक रुपमा आतंकित बनाउनु राम्रो होइन’ अध्यक्ष पराजुलीले भने । अध्यक्ष पराजुलीले बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्दै भने,‘गैर कानुनीरुपमा भएका गतिविधिमा नियन्त्रण गर्नु जायज भए पनि अनावश्यकरुपमा व्यवसायी तर्साउने कदमको महासंघले प्रतिवाद गर्ने छ।

ADVERTISEMENT

अध्यक्ष पराजुलीले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भए पनि कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताए । बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बिजकलाई निर्मूल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव रहेको महासंघको ठहर छ । महासंघले एमआरपी कार्यान्वयन लाई प्रभावकारी बनाउन उद्योगी, व्यवसायीसँग परामर्श र समन्वय, साना व्यवसायीका लागि सहजीकरण र अभिमुखीकरण, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा ‘क्यूआर–बारकोड’ प्रणालीको विकास, स्वादेशी उद्योग तथा उत्पादनलाई सहुलियत दिनुपर्नेलगायतका सुझाव समेत दिएको छ । साथै, एमआरपीसम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार र नीजि क्षेत्र तथा उपभोक्ताबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा महासंघले जोड दिएको छ ।

शैक्षिक परामर्श क्षेत्रमा सरकारले छापा मारेको विषयमा पनि महासंघले धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नवनिर्वाचित महासंघका महासचिव सूर्य थापा (बिक्रम) ले ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ को नारा बोकेर स्थापना भएको महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउने बताए । महासंघका कोषाध्यक्ष आशिक कार्कीले महासंघले सधैं उद्योगी व्यवसायीको पक्षमा आवाज उठाइरहेको बताए । उनले सरकारले व्यवसायीलाई तर्साउने र धम्क्याउने काम गरेकोमा आपत्ति जनाएका छन् । ‘सरकारले गरेका राम्रा कामलाई हामी पनि सहयोग गर्छौं तर बिनाकारण व्यवसायीलाई दुःख दिने सरकारको नियत ठिक भएन’ कोषाध्यक्ष कार्कीले भने । गत वैशाख १९ र २० गते चितवनको गैंडाकोटमा भएको महासंघको दोस्रो राष्ट्रिय महाअधिवेशनले पराजुलीको अध्यक्षतामा ९९ केन्द्रीय समिति निर्वाचित गरेको छ । जसमा ७ जना केन्द्रीय सदस्य पछि थपिने छन् । सबै पदाधिकारी तथा केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

NIMB बैंकका CEO पक्राउ

NIMB बैंकका CEO पक्राउ

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारका ४ महत्वपूर्ण निर्णय कार्यविभाजन नियमावली ई सुशासन र भूमि नियम संशोधन स्वीकृत

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host