२०८३,७ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता परिचालन गरी दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको सुरुवात गरेका हुन्।
अभियानअन्तर्गत नेता तथा कार्यकर्ताले गाउँ, वडा र टोलसम्म पुगेर नागरिकका समस्या, गुनासा र सुझाव सङ्कलन गर्नेछन्। महँगी, बेरोजगारी, भ्रष्टाचार, श्रमिकका समस्या तथा सार्वजनिक सेवा प्रवाह लगायत विषयमा जनतासँग प्रत्यक्ष संवाद गरिने पार्टीले जनाएको छ।







