ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशको इन्धन भण्डारण क्षमता बढेन : ९० दिन पुर्याउने योजना अलपत्र, पुन गम्भीर समस्या आउन सक्ने


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । विंस २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि भारतले विभिन्न निहुँमा अघोषित नाकाबन्दी गर्याे । पेट्रोलियम पदार्थ आयात गर्ने एकमात्रै बजार र बाटो पनि भारत नै भएपछि आयातित इन्धनबाट कलकारखानादेखि भान्सासम्म चलाएको नेपाललाई करिव ६ महिनासम्म निकै सकस पर्यो । जसका कारण नेपालीले निकै समस्या बेहोर्नुपर्यो । आवश्यक मात्रामा पेट्रोलियम भण्डारण र भारतबाहेकको वैकल्पिक बजार नभएका कारण दुख पाएको नेपालले यसको वैकल्पिक मार्ग र बजारको खोजी सुरु गर्याे । नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चिनियाँ नाका हुँदै केहि ट्यांक इन्धन आयात पनि गर्याे ।

त्यसपश्चात भारतले आफ्नो नाकामा केही खुकुलोपन ल्यायो र पुनः भारतबाट हुने आयात खुल्यो । त्यसैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा कम्तिमा ९० दिन धान्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने, विभिन्न नाकाबाट पाइपलाईन मार्फत इन्धन आयात गर्ने घोषणा बजेट भाषणमार्फत गरेका थिए । करिव ८ बर्ष अघिनै गरिएको उक्त घोषणा हालसम्म अलपत्र छ । त्यसयता नेपाल आयल निगममै धेरै कार्यकारी निर्देशकहरु परिवर्तन भए भने धेरै सरकार आए ।

प्रत्येक बर्षको बजेट भाषणमा यो कुरा समेटिन्छ तर, बिडम्वना कार्यान्वयन हुँदैन । भूकम्पताका नेपालमा ७० हजार ७ सय किलोलिटर आसपास रहेको इन्धन भण्डारण क्षमता हालसम्म पनि विस्तार भएको देखिँदैन । अर्थमन्त्री प्रकाशशरण महतले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले पनि हालसम्म नेपालभरको इन्धन भण्डारण क्षमता जम्मा ६८ हजार ७ सय ९७ किलोलिटर रहेको उल्लेख गरेको छ । यो भण्डारण क्षमताले औसतमा नेपालको १० दिनका माग मात्रै धान्ने बताइएको छ । भूकम्प आएकै ८ बर्ष वितिसक्दा समेत हालसम्म सरकारले यसमा विशेष चासो नदिंदा नाकाबन्दी जस्तै समस्या पुनः दोहोरिए नेपाली जनता गम्भीर समस्यामा फस्ने निश्चित छ ।

ADVERTISEMENT

हाल नेपालको इन्धन माग प्रतिमहिना साढे ३ लाख किलोलिटर आसपास सम्म पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षको फागुनसम्म मात्रै नेपालमा २६ लाख २९ हजार ९ सय ३४ किलोलिटर इन्धन विक्री भएको छ । यसमा सबैभन्दा बढी हिस्सा मधेश प्रदेशको छ । मधेश प्रदेशमा यसको भण्डारण क्षमता पनि २४ हजार ३ सय ६२ किलोलिटरको छ । जसले नेपालभरको कुल भण्डारण क्षमताको ३५ प्रतिशत धान्छ भने, मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्न सक्ने क्षमता राख्दछ । यता बागमती प्रदेशमा भएको भण्डारण क्षमताले भने यो प्रदेशको १३ दिनको माग धान्न सक्ने बताइएको छ ।

ADVERTISEMENT

सबैभन्दा कम भण्डारण क्षमता कर्णाली प्रदेशको छ । यो प्रदेशमा जम्मा १ सय २६ किलोलिटर इन्धन भण्डारण क्षमता छ । जसको कर्णाली प्रदेशको २ दिनको मात्रै माग धान्छ । यस्तै गण्डकी प्रदेशमा ११ दिन, लुम्बिनीमा ५ दिन र सुदूरपश्चिम प्रदेशमा ५ दिन माग धान्ने इन्धन भण्डारण क्षमता रहेको बताइएको छ ।

यसरी माग अनुुसार इन्धनको भण्डारण क्षमता न्यून हुँदा बेलाबेलामा आईपर्ने सानातिना समस्यामा पनि नेपालमा इन्धनको हाहाकार हुने गरेको छ । बेलाबेलामा ढुवानी व्यवसायीले गर्ने हड्तालमा समेत नेपालमा इन्धनको हाहाकार मच्चिने गरेको छ । ८ बर्ष अघि नै ९० दिनलाई पुग्नेगरी भण्डारण क्षमता विस्तार र पाइपलाईन मार्फत इन्धन ल्याउने घोषणा गरिएपनि सो घोषणा हालसम्म कार्यान्वयन हुने छाँटकाँट देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सहकारी ठगीविरुद्ध सरकार कडा मणि गणेश प्रकरणमा पीडितको अन्तिम चेतावनी

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host