ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शंखरापुर एक परिचय


ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी।

२०८० साउन २१ काठमाडौँ । बागमती प्रदेश अन्तरगत काठमाण्डौ जिल्लाको क्षेत्र नं २ काे उत्तर पूर्वी भागमा अवस्थित ऐतिहासिक महत्वको कला, सांस्कृतिक ग्रामले चिनिने शंखरापुर नगरपालिका २०७१ साल मंसिर १६ गते स्थापना भएको थियो। ६ वटा गाविस मिलाएर १५ वटा वडामा विभाजन गरिएको नगरपालिका २०७३ सालमा भएकाे स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको  पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी ,इन्द्रायणी,नाङ्लेभारे र सुन्टाेल  गा.वि.स मिलाएर शंखरापुर नगरपालिका बनेको हो। वर्तमान समयमा करीब ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस शंखरापुर नगरपालिका -लाई ९ वटा वडामा वर्गीकरण गरिएको छ।

२०७८ काे जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २७ हजार २ सय २ जना  पुगेको छ भने’जसमध्य १३,६३३ पुरुष र १३,५६९ महिला रहेका छन् । यहाँका अग्रजहरुले बताए अनुसार यो नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत् १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुर नगरपालिका गरिएको हो।

याे नगरपालिकाको छिमेकी जिल्लाहरू भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट जिल्ला रहेका छन् भने यसको छेउका नगरपालिका काठमाण्डौ जिल्लाकै कागेश्वरी मनोहरा नगरपालिका र गाेकर्णेश्वर नपा, मेलम्ची नगरपालिका,मन्दन देउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका संग जोडिएर रहेको छ ।

ADVERTISEMENT

एतिहासिक ,कला, सांस्कृतिक ग्रामकाे नगरी शंखरापुरमा विभिन्न धर्म ,भाषा र समुदायका मानिसहरूकाे बसाेबास रहेको छ , यहाँ – तामाङ, नेवार, ब्राम्हण, क्षेत्री गुरुङ, विश्वकर्मा ,मगर,राई लगायतका थर जनाउने मानिसहरुकाे बसोबास रहिआएको छ । धार्मिक रूपमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेता पनि यहाँ, वौद्ध धर्मालम्वीहरू, मुसलमानहरू, क्रिश्चियन धर्मावलम्बीहरू, लगायत अन्य धर्मालम्वीहरू पनि रहेका छन्।

यस नगरमा मुख्य रुपमा मनाउने जात्रा एवम् पर्वहरूमा शालीनदी मेला एवम् माधव नारायण स्वस्थानी व्रतकथा ,बज्रयोगिनी जात्रा ,मणिचुड मेला, नयाँ वर्षको मेला, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा मानिन्छ , त्यस्तै प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार,जनैपूर्णिमा माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा , योमरी पुर्णिमा, ल्होसार, मनाउने गरिएको छ।

नेपालको राजधानी काठमाडौं जिल्लामा रहेको नगरपालिका भएर पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको मानिन्छ । केन्द्रीय राजधानीबाट करिब १७/१८ किलाेमिटर दुरीमा रहेको याे नगरको मुख्य विशेषताको रुपमा ऐतिहासिक साँखु शहर, बज्रयोगिनि, फेदीखोलाकाे नारायणेश्वर,पालुवारी, र शालिनदी रहेका छन् ।

तिब्बतमुनिको (साँ दयाँ क्वे’) देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो,भने धार्मिक  रुपमा यसलाई लावण्य देशको रुपमा पनि चिनिन्छ। ऐतिहासिक रुपमा यो ठाउँलाई पहिले साँक्व भनिन्थ्यो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता रहि-आएको त्यहाँका सांस्कृतिकविद् एवम् बुद्धिजीवी बताउँछन् । तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाट लिएर गएको मान्यता रहदै आएको पाईन्छ ।

ADVERTISEMENT

शंखरापुर नगरपालिका ग्रामीण भेगका केही समथर भूभाग ,पहाडी फाँट, केही लेक,सिमसार,भिर पाखा,खाेला,खहरे,ठाडाे झरना र जङ्गलहरुकाे भाैगाेलिक प्राकृतिक संरचनाले बनेको छ, यहाँकाे भु-धराटलिय स्वरुप अनुसार यहाँका बहुसंख्यक मानिसहरूको पेशा कृषि रहेको छ। कृषि क्षेत्र नै यहाँकाे मुख्य आयकाे आधार स्रोत र स्वराेजगार हाे। याे सँगै पर्यटन क्षेत्र पनि केही हदसम्म फस्टाएको छ,तर व्यवसायीक तवरले यसलाई विकास गर्न सकिएको छैन।

अन्त्यमा’ विकास र समृद्धिको सम्भावनाकाे भण्डार बाेकेर बसेको याे नगर विभिन्न चुनाैती र कठिनाईकासाथ राजनीतिक, सामाजिक रुपमा परिवर्तन भएतापनि आर्थिक रुपमा अझैसम्म सबल र सुदृढ बन्न सकेको छैन। तथापि २०६२/६३ काे महान जन-आन्दोलनसँगै माओवादीले ल्याएको नयाँ क्रान्ति र विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्ने र बुझ्ने हाे भने आज जति परिवर्तन देखिन्छ,यसले दुर दराजका ग्रामीण भेगमा एउटा नयाँ बिकास र समृद्धिको बाटो खाेलिदिएकाे छ।तब त आज हामिले एक विकास गर्दै आएको र चुनाैतीसँगै सम्भावनालाई पनि पुर्ण बनाउन सकिने नगरकाे रुपमा चिनाउन सफल भएका छाैँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host