ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न


हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

गीता अधिकारी / २५ चैत , काठमाडौं  । विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो । थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजना गरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरेको हो ।

बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यता र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता तथा थाइल्यण्डमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट अतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको थियो । समारोहमा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । आठ सयभन्दा धेरै गीत गाउनुभएका गर्बुजाका धेरै गीत लोकप्रिय छन् । सो अवसरमा आफ्ना भनाइ राख्दै उहाँले गीत पनि गाउनुभएको थियो । सायद हिृवलचेयरमा चढेर देश विदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको बताउँदै उहाँले यो सम्मानले अझ बढी जिम्मेवारी थपेको बताउनुभयो । समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौ्यड्याल, म्युजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो भने गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पण गरिएको थियो ।

बैंककमा निर्देशक केशव कोइरालाले ‘जुनको किरण’ पप गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभएको थियो भने सिक्किका जीवन शर्माले ‘सुने मैले’ गीतबाट संगीतमा जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, बैंककमा ‘माया गर्‍यौ’बाट राज लुइँटेलले नव मोडल लोक पपको पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो भने राजु शेर्माले आधुनिक गीत ‘कालो प्रकाश’ सर्वोत्कृष्ट मोडल र मुकेश गुरुङले ‘तिमी बिना’ पप मोडलबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड चुम्नु भएको थियो ।

यस्तै, भिडियो सम्पादनमा पुजन लामिछानेले ‘दशैँ आयो’ गीतबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पार्दा मञ्जु लावतीले ‘आम्बि’ (पालम) गीतबाट सर्वोत्कृष्ट भाषा भाषीको अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी, मोडल पप आधुनिकमा नारायण विश्वकर्माले ‘आफ्नै स्वार्थ’बाट सर्वोत्कृट अवार्ड चुम्नु भएको थियो भने शिला गजुरेलले ‘चुपचाप’ गीतबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, ईश्वरी बरालले ‘नैना रेशम’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकको अवार्ड चुम्दा पूजना काफ्लेले ‘चुपचाप’ गीतबाट जुरी अवार्ड र विराज बाँस्कोटाले ‘कालो प्रकाश’बाट आधुनिक गीत पुरुष मोडलको अवार्ड प्राप्त गर्नुभएको थियो ।

यता, नेपालमा भएको समारोहमा गायक चेतन राईले पप गीत ‘घुम्दै जादा’, टेक विसीले ‘नजरमा नजर’ पप मोडन, सूर्य कश्यपले ‘हाँसो खुशी’ आधुनिक गीतसंगीत, रिदम कँडेलले ‘तिम्रो याद’ संगीत संयोजन, माधव भण्डारीले ‘यस्तै रित हो’ लोक तथा दोहोरी गायक र हरिभक्त बुढाथोकीले आधुनिक गीत ‘नजरमा नजर’बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी, नारायण भारतीले ‘झुटो बोल्दैन’ गीतबाट पप मोडन गीतकारको सर्वोत्कृष्ट अवार्ड, भीम बिसीले ‘रिती जाने वैस’ गीतबाट पप मोडन संगीतको सर्वोत्कृष्ट अवार्ड, आरके विवशले ‘विदेशी संस्कार’ गीतबाट नवगायकको सर्वोत्कृष्ट अवार्ड र कृष्ण वमले ‘साइला दाई’ गीतबाट सर्वोत्कृष्ट लोक पप नव मोडलको प्राप्त गर्नुभएको थियो ।नेपालमा भएको समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ गायिका देवीका वन्दना, मञ्जु थापा वरिष्ठ गायक सीताराम पोख्रेल, गीतकार तथा पत्रकार शान्तिप्रिय, जिनियश म्युजिकका अध्यक्ष रमेश पाठक, निर्देशक÷कलाकार कृष्ण रसाललगायतले अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

थाइल्यण्डमा भएको कार्यक्रमको सहजीकरण मिलापका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने नेपालमा भएको कार्यक्रमको निर्देशक माधव खरेलले सहजीकरण गर्नुभएको थियो । विदेशी भूमि र मातृभूमिमा कला संस्कृतिका सर्जकको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदै अवार्ड संयोजक गीता अधिकारीले नेपाली कला संस्कृतिलाई नेपालबाहिर परिचत गराउनु र कला संगीतका सर्जकलाई उहाँहरूको सिर्जनाको सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको बताउनुभयो । आउँदा दिनमा यसलाई निरन्तरता दिने संयोजक अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले गीतसंगीतका सर्जकको सम्मानका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डले गरेका कार्यको सहराना गर्नुभएको थियो । समारोहमा गीतसंगीत, साहित्यका साथै समाजका प्रभुत्व वर्गको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host