ADVERTISEMENT
काठमाडौं ।आजको प्रतिनिधि सभाकाे बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ। यसमा प्रतिनिधि सभाको वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२-०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ । यस्तै, नीति तथा कार्यक्रममाथि सदस्यहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची पनि रहेको छ ।
ADVERTISEMENT












