ADVERTISEMENT
ADVERTISEMENT
२० जेठ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस इन्सुरेन्सले जेठ २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।











